सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महामारी सुरु भए यता पहिलोपटक ट्रम्पले मास्क लगाए

काठमाडौं / २८ असार।
कोरोनाभाइरस महामारी सुरु भए यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएका छन्। उनले आफूले सार्वजनिक रुपमा नै कहिल्यै माक्स बताउँदै आएका थिए।

ट्रम्पले वासिङ्टन बाहिरको वाल्टर रिड सैनिक अस्पताल भ्रमणका क्रममा शनिबार (११ जुलाई) मास्क लगाएका हुन्। त्यहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीहरुलाई भेटेका छन्। उनले मास्क लगाएको विषयलाई बीबीसी, सीएनएन लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार बनाएका छन्।

ती सञ्चारमाध्यमले यसलाई ट्रम्पमा आएको परिवर्तन बताएका छन्। तर ट्रम्पले भने ह्वाइट हाउसबाट निस्कने क्रममा आफू कहिल्यै मास्कको विपक्षमा नरहेको दाबी गरेका छन्।

तर यसअघि उनले आफूले मास्क नलगाउने मात्र बताएका थिएनन् कि मास्क लगाएर सार्वजनिक सभा तथा कार्यक्रममा उपस्थित भइरहेकमा राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उनका प्रतिश्पर्धी जोए बाइडेनलाई खिज्याएका पनि थिए।

“मलाई लाग्छ जब तिमी अस्पतालमा हुन्छौ, विशेषगरी जब धेरै सैनिक तथा अन्य मानिसहरुसँग काम गर्ने स्थानमा बस्छौ, मास्क लगाउनु उचित हुन्छ।”शनिबार उनले भनेका छन्।

अमेरिकामा अहिलेसम्म ३३ लाख ५५ हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन्। तीमध्ये एक लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ भने १४ लाख ९० हजारभन्दा बढी निको भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »