सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला हस्तकला मेला सम्पन्न

 काठमाडौं, । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आइतबार सम्पन्न भएको हो ।

“हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन” भन्ने मुल नाराकासाथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गिता सत्यालले गरेकी हुन् ।

उप–प्रमुख सत्यालले महिला सवलिकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिती सवल नभएसम्म महिला सवलिकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरुको सहयोग अपरिहार्य हुने बताइन् ।

 उनले हस्तकलाका सामाग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तिकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुनेभएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् ।

 कार्यक्रममा मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सबिता सिंहले जानकारी दिइन । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रबद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने जोड दिइन् ।

 नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको बताउदैं कोरोनाबाट व्यवसायमा परेको असरका कारण केहि समय असहज भएपनि अब छिट्टै सहज हुने विश्वास व्यक्त गरिन । उनले समय समयमा हुने यस्ता मेलाले महिला उद्यमीलाई राहत पुग्ने समेत बताइन् ।

 कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलेले बेलाबखतमा आयोजना हुने यस्ता मेलाले महिलाको आर्थिक पाटोसंगै समाजमा स्थापति हुन समेत सहयोग पुग्ने बताए ।

 मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल व्यवस्था गरेको थियो ।

मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि उहाँले जानकारी दिनुभयो ।

महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको थियो । मेलामा समापन कार्यक्रममा स्टल नं. ९ की रुकमीणी श्रेष्ठलाई उत्कृष्ठ महिला उद्यमी रुपमा सम्मान गररिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »