सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माइती नेपालको आयोजनामा सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन


बुटवल , नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।

लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले बुटवलमै एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गर्नुभएको छ ।

त्यस क्रममा उहाँले सूचना व्यवस्थापनल प्रणालीले यस प्रदेशको तथ्याँक व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले यस खालको तथ्याँक व्यवस्थापनले प्रदेशस्तरबाट बिद्यमान समस्याको पहिचान समेत हुने बताउनुभयो ।

मन्त्रीले घर्तिले तथ्याँककै आधारमा कार्यक्रम संचालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग समन्वय सहकार्य गर्न सजिलो हुने धारणा राख्नुभयो ।

अन्य प्रदेशमा पनि यही प्रकारको व्यवस्थापन प्रणाली शुरु हुने आशा व्यक्त गर्नुभयो । “सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द्रीय तहको सरकारले बालबालिका, अपांगता, जेष्ठ नागरिको क्षेत्रमा काम गर्नेछ ।,” मन्त्री घर्तिले भन्नुभयो, “धेरै वर्ष पहिले नै तथ्याँक व्यवस्थापन गर्ने कार्य गर्नुपर्नेमा अलिकति ढिला भएको आफुलाई लागेको छ । यद्दपि सबैको सहकार्यमा यो कार्यलाई दु्रत गतिमा संचालन हुने छ ।”

पछिल्लो समय मानव बेचबिखनका प्रकारहरु फरक भएको आफुले पाएको मन्त्री घर्तिले बताउनुभयो । महिला, बालबालिका मात्रै नभएर पुरुषहरु पनि अफ्रिकी मुलकमा बेचिने गरेको कुराहरु सुन्नमा आएको उहाँले बताउनुभयो ।

बेचबिखन भएर उद्धार भइसकेका महिला, बालकालिकाहरुको संरक्षणका लागि केन्द्र सरकारले बनाएको दुई वटा पुर्नस्थापना केन्द्र र केही स्थापना केन्द्रहरुलाई केही सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारले एडीबीको सहयोगमा दिर्घकालिन पुर्नस्थापना केन्द्र स्थापना गरिन लागेको जानकारी गराउनुभयो ।

सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दे प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव राजेन्द्र थापाले यो प्रणालीले प्रदेश सरकारमार्फत संचालन हुने लक्षित वर्ग तथा समुदाय हितका कार्यमा सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका डिआईजी नवल प्रसाद उपाध्यायले बढ्दो बिकास क्रमले गर्दा नेपाली प्रहरीमाथि पनि चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले नेपालमा माइती नेपाल लगायतको संघ संस्थाको समन्वय सहकार्यमा मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रणमा लिने गरिएको बताउनुभयो ।

नेपाल सरकारकाको समन्वयमा युएस एड र यके एडको सहयोगमा विनरक इन्टरनेशनलमार्फत माइती नेपालद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्राविबिधक सहयोगमा यस प्रकारको सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।

छरिएका तथ्याँकहरुलाई एकीकृत गरी स्थानीय तहदेखि केन्द्रतहसम्म तथ्याँकको वहाव कायम गरी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउन यो प्रणालीले कार्य गर्ने मन्त्रालयले जनाएको छ ।

माइती नेपालका कार्यकारी निर्देशक बिश्वराम खडकाले यसखालको प्रणालीले समुदायमा रहेको समस्याको अवस्था र त्यसका लागि गर्नुपर्ने कार्यका लागि सहयोग पुर्याउने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेशस्तरका मन्त्रालयका प्रतिनिधि तथा बाँके, बर्दिया, रुपेन्देही र कपिलबस्तुका बिभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »