सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादीसँग छुट्टीएको एमालेमा दुई धार

मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् ।
टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन र पार्टी कमिटीमा काम गरिरहेका छन् । खेलकुद मन्त्री भएका दावा तामाङसँग अहिले एकजना पिए पनि साथमा छैनन् । अरु त अरु, पत्नी कुमारी मोक्तान नै उनीसँग लागेर एमाले भइनन् । कुमारी बागमती प्रदेशसभा सदस्य छिन् र माओवादी केन्द्रको पुरानो जिम्मेवारीमै रहेकी छन् ।

मन्त्री हुन एमाले भएका मणि थापा गृहजिल्ला प्युठानमा जनाधार शून्य नेता हुन् । लेखराज भट्टसँग कार्यकर्तादेखि आफन्त कोही साथमा छैनन्, सबै माओवादी केन्द्रमै छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »