सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादी केन्द्र काठमाडौं – ईन्द्रावती गाउँपालिका सम्पर्क समन्वय समितिको भेला सम्पन्न मणि कुमार श्रेष्ठ (मनिष)को अध्यक्षतामा ३३ सदस्यीय समिति गठन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकको को सकृय संगठनको रुपमा रहेको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत काठमाडौं – ईन्द्रावती गाउँपालिका सम्पर्क समन्वय समितिले पार्टी केन्द्रीय कार्यालय पेरीसडाँडामा एक भब्य भेला सम्पन्न गर्दै ईन्द्रावती गाउँपालिका वडा नं. १० का बद्री थापा ईन्चार्ज र वडा नं. २ का मणि कुमार श्रेष्ठ अध्यक्ष रहने गरी ३३ सदस्सीय काठमाडौं – ईन्द्रावती गाउँपालिका सम्पर्क समन्वय समिति तथा सो गाउँपालिका मा रहेका १२ वटै वडा समितिहरु चयन गरेको छ ।


नेकपा एमाले संगको पार्टी एकताको औचित्य टुङ्गिए संगै माओवादी केन्द्रले देशैभर आफ्नो संगठन बिस्तारको अभियानलाई तिब्रताको साथ अगाडी बढाएको छ ।पार्टीले अभियानकै क्रममा पुरानो सम्पर्क मञ्चको सांगठानिक ढाँचालाई परीवर्तन गर्दै पार्टीको समेत समान हैसियतमा रहनेगरी सम्पर्क समन्वय समिति हरु निमार्ण गर्न थालेको हो ।


देशै भरबाट काठमाडौं उपत्यकामा आई बिभिन्न पेशा, ब्यबसाय तथा अध्ययन गरेर बसेका आफ्ना नेता ,कार्यकर्ता र समर्थक हरुलाई पार्टीको मुलधारमा जोड्न पार्टीले यो निति अबलम्बन गरेको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष तथा सम्पर्क समन्वय समिति बागमती प्रदेशका सचिवालय सदस्य ठुलो बाबु श्रेष्ठ ले बताउनु भयो ।


जिल्ला समिति सदस्य देवेन्द्र दाहालले सन्चालन गरेको कार्यक्रमको शभापतित्व भेला आयोजक समितिका संयोजक मणि कुमार श्रेष्ठ ले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य माके केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकोटा देशबन्धु ले गर्नु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल , मा के बागमती प्रदेशका सचिवालय सदस्य चन्द्र बहादुर थापा किशोर ,सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष गोबिन्द पराजुली ,सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष तथा सम्पर्क समन्वय समिति बागमती प्रदेशका सचिवालय सदस्य ठुलो बाबु श्रेष्ठ, ईन्द्रावती गाउँपालिका पार्टी अध्यक्ष मनोज सापकोटा , वाई सि एल का प्रतिनिधि , महिला प्रतिनिधि ,लगाएत ५०० भन्दा बढी नेता कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले २०६४ बाट अहिलेको स्थिति सम्म आईपुग्दा पार्टीले केहि प्राबिधिक कमजोरीहरु गरेको स्विकार गर्दै अब त्यसलाई सच्याएर आम कार्यकर्ता र मतदाताको बिचमा जानको लागिपार्टी केन्द्रमा समेत समिक्षा भई सोहि अनुरुप योजना तर्जुमा भएकोले अब माओवादी पार्टी समाजवादी मोडलमा जानलाई कसैलेपनि रोक्न नसक्ने बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »