सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माघ १८ गते सिन्धुलीकाे खुल्लामञ्चमा बृहत साँस्कृतिक कार्यक्रम हुने

सिन्धुली । माघ १८ गते शनिवार सिन्धुलीकाे कमलामाई नगरपालिकाकाे खुल्लामञ्चमा बिहान १० बजे देखि तामाङ भाषा, साँस्कृति, हाम्राे पहिचान, गाउँशहरमा ल्हाेछार हाम्राे अभियान भन्ने मुला नाराका साथ बृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

नेपाल तामाङ सांस्कृतिक घेदुङ सिन्धुलीकाे आयाेजनामा हुन लागेकाे याे बृहत साँस्कृतिक कार्यक्रमकाे प्रमुख उदेश्य भनेकाे गाउँ-गाउँमा ल्हाेछार स्थापित गर्ने लक्ष्य रहेकाे अध्यक्ष प्रकाश वाइवाले सारा खबरलाई जानकारी दिनुभएकाे छ । उहाँ गायक पनि हाे र यस खालकाे बृहत साँस्कृतिक कार्यक्रम सिन्धुलीमा पहिलाे चाेटि हुनलागेकाे बताए ।

कार्यक्रममा तामाङ समुदायमा नाम चलेका गायक गायिकाहरूकाे विशेष प्रस्तुति रहने पनि उहाँले जानकारी दिनु भयाे । बृहत साँस्कृतिक कार्यक्रममा गायक फूलकुमार बम्जन, सन्दिप स्याङतान, साेनाम बज्यु, राम बज्यु, सञ्जय थाेकर, प्रकाश वाइवा, अमर लाे तामाङ, सुर्य लामा घलान, सराेज गाेले, सागर गाेले, सन्ताेष गाेले र गायिकाहरू तुल्सा वाइवा, रेश्मा बम्जनकाे बेजाेड प्रस्तुति रहने छन् । साथमा माेडल तथा नायक तुल्साङ तामाङ माेक्तान, मिलन थिङ पराङ, नवीन वाइवा, विशेष प्रस्तुरहने अध्यक्ष वाइवाले बताउनु भयाे ।

निरूता लामा र रीता थिङकाे आकार्षक नृत्य पनि रहने आयाेजकले जानकारी दिएकाे छ ।

नेपाल तामाङ घेदुङ सिन्धुली, नेपाल तामाङ विद्यार्थी घेदुङ जि का स सिन्धुली, कमला माई नगर घेदुङ जि का स सिन्धुलीकाे सहकार्य र कमला माई नगरपालिका सिन्धुली, निर्माण व्यवसायी संघ सिन्धुली, सिन्धुली कलाघरकाे प्रयाेजनमा याे बृहत साँस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ,

भर्खरै

सम्बन्धित खबर

Language »