सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माघ ९ गते Y.S.K Group काे “रेबन चस्मा” सार्वजनिक हुँदै

काठमाडौँ । “रेबन चस्मा” म्यूजिक भिडियाेकाे सुटिङ रिर्पोट सार्वाजनिक भएदेखि प्रतिक्षामा बसेका दर्शकहरुका लागि अब प्रतिक्षाको घडी सकेको छ ।

तामाङ समुदायमा स्वर सम्राटको रुपमा चिनिएको गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आत्थ्यितामा काठमाडौँको “प्याराडाइज ब्याङ्क्वइट” नयाँ बजारमा यही माघ ९ गते शुक्रबार दिनको १ बजे पत्रकार सम्मेलन गरी सर्वजनिक गरिने डम्फु मिडियाका संचालक तथा नायक अमिर दोङले जानकारी दिनुभएको छ ।

“रेबन चस्मा” म्यूजिक भिडियोको सुटिङ सिन्धुलीको मुलकोटमा गरिएको थियो । जहाँ ¥यापर साङडुप लामा, कवाङ लामा, याङ्साङ लामा र शशिकला मोक्तान साथमा मोडल दुधराज लामा हेलिकप्टरबाट सिन्धुलीको मुलकोटमा अवतरण भएको थियो ।

यो समाचार सारा खबर अनलाइनबाट सार्वाजनिक भएपछि सामाजिक संजालमा भाईरल भएको थियो । सारा खबरबाट संचालित युटुव च्यानलमा हालसम्ममा यो सुटिङ रिर्पोटको भिडियो ७६ हजार भन्दा बढीले हेरिसकेका छन् । कमेन्ट्मा सबैले यो भिडियो कहिले सर्वाजनिक हुन्छ भनेर प्रश्न गरेका छन् भने गीत सबैले रुचाएको पनि छ । यस अर्थमा पनि यो गीत सार्वजनिक भएको केहि समयमा नै धेरै भन्दा धेरै भ्युज बटुल्न सफल हुनेमा डम्फु मिडियाका संचालक अमिर दोङ विश्वास्त छन् ।


वाई. यस. के. ग्रुपको यो करिब ५ वर्षपछि यो प्रस्तुति हो । यो प्रस्तुतिले वाई. यस. के. ग्रुपलाई तामाङ समुदायमा पुनः स्थापित गराउने छन् भन्दा फरक नर्पाला तर दर्शकको रुचाईमा पनि भर पर्ने छन् । यो ¥याप गीतले तामाङ समुदायमा नयाँ तरङ्ग थपिदिएको छ । लगानीको हिसाबले पनि तामाङ समुदायको सबै भन्दा ठुलो लगानीको म्यूजिक भिडियो हो ।


प्राप्त जानकारी अनुसार काठमाडौँको नयाँ बजारको “प्याराडाइज ब्याङ्क्वइट” मा हुन लागेको पत्रकार सम्मेलनमा पत्रकार तथा सम्पुर्ण कलाकार र शुभेच्छुकहरुलाई निमन्त्रणा पनि आयोजक टिमले गरेका छन् ।

सुटिङ रिर्पाेट यस्ताे हेर्न नभुल्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »