सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले गरे स्थापना दिवसमा दियो कोभिड बिरामीहरुलाई फलफूल बितरण


नेपालगन्ज, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले आज कोभिड बिरामीलाई फलफूल तथा पौष्टिक पदार्थ चेवनप्रास बितरण गरेको छ। आफ्नो १० औं स्थापना दिवसको अबसरमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सो सामाग्री बितरण गरेको हो ।


नेपालगन्ज २० राझास्थित ह्वाईट हाउस आइसोलेशन सहितका कोभिड बिरामीहरुलाई फलफुल र चवनप्रास प्रदान गरेको छ ।
१०औं स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण शेयर सदस्य ,कर्मचारी,कार्यसमिति,लेखा तथा ऋण समितिका सदस्यहरूलाई हार्दिक बधाई तथा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दै मनिकापुर स्थित ह्वाईट हाउस आइसोलेशन सेन्टरमा रहेका २६ जना कोभिड बिरामी र अन्य ठाउँको आइसोलेशनमा रहेका बिरामीहरू लाई सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल चवनप्रास सहितको समाग्री बितरण गरिएको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्ज संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।


कार्यक्रममा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्ज संस्थाका सचिब बदरुद्दुजा खाँ,माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्ज संस्थाका प्रबन्धक अम्बिका काफ्ले लगायतले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »