सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था बाँकद्धारा निःशुल्क माक्स बितरण


नेपालगन्ज,बाँकेको नेपालगन्जमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्य र कर्मचारीहरुलाई निःशुल्क माक्स बितरणको गर्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि सहकारीको कार्यालयमा आउने सेयर सदस्य तथा कर्मचारीहरुलाई माक्स वितरण सुरु गरीएको संस्थाले जनाएको छ ।

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था बाँकेका अध्यक्ष रसीद अहमद कुरेसीले नेपालगन्ज समेत कोरोना भाईरसको जोखिममा रहेकाले सचेतना र सर्तकताका लागि माक्स बितरण गर्न लागेको बताए ।

यसरी सबै संघ संस्थाले आ(आफ्नो ठाँउबाट सजगता अपनाएको खण्डमा सबै सुरक्षित हुने कुरेसीले बताए ।

संस्थामा सेवा लिन आउने र बचत संकलन गर्ने कर्मचारीहरुलाई समेत माक्सको प्रयोग अनिवार्य गरिएको संस्थाका प्रबन्धक अम्बीका काफ्लेले जानकारी दिईन ।

भर्खरै

सम्बन्धित खबर

Language »