सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मादक पदार्थ सेवन गरि २ जनाको हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी वडा नं ७ माथिल्लो चिम्लिङ मान्दुङ डाँडा मा एक ब्यक्तिले अत्याधिक मदिरा सेबनगरि २ जनालाई ढुङ्गाले किच्याएर हत्या गरेका छन् ।


माघ २३ गते बेलुका ५ बजेतिर त्यसै गाउँका बिजय तामाङ भन्ने ब्यक्तिले ५९ बर्षिय सन्तबिर तामाङलाई लौराले हिर्काउँदै बाटोमा पछारेर कपडा समेत च्यातचुत पारी ढुङ्गाले हिर्काउँदै गरेको देखेपछि छुट्टयाउन पुगेकी ७० बर्षिय बासुमाया तामाङलाई समेत अन्धाधुन्ध प्रहार गर्दा दुवै जनाको ज्यान गएको स्थानियले बताएका छन् ।


अत्याधिक मदिरा सेबन गरेका बिजय तामाङ भने हत्या गरेर फरार रहेको र उसको खोजिकार्य भईरहेको सिन्धुपाल्चोक प्रहरी श्रोत ले बताएको छ । सो घटना पछि पुरै गाउँलेहरु आतंकित बनेका छन् ।


गाउँ स्तब्ध भएको छ । अपराधिलाई कडा भन्दा कडा काबार्हि नगर्ने हो भने यस्ता घटनाहरु पुन दाहोरीन सक्ने भन्दै गाउँलेहरु आक्रोशित बनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »