सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानपुरको घर ब्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको प्रतिवद्धता

नेपालगञ्ज,तस्बीरमा देखिएको घर नेपालगञ्ज–खजुरा सडक खण्ड अन्तर्गत मानपुरको सडक किनारमा रहेको छ । ब्यक्तिगत घर नजिक साँघुरो सडक र घुम्तीका कारण पटक–पटक दुर्घटना हुने गरेका छन् ।

दुर्घटनाका कारण पटक–पटक मानवीयसँगै घरमा समेत भौतिक क्षति भएको छ । सडक किनारमा रहेको घरका कारण उत्पन्न भएको समस्या समाधान हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले मानपुरमा सडक किनारमा भएको घरको कानून अनुसार ब्यवस्थापन गरि सडक फराकिलो बनाउन पहल थाल्नुभएको छ ।

विगतमा बर्दियाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यत गरिसक्नुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ दुर्घटनाको जोखिम हटाउनका लागि घरलाई नै हटाउनुपर्ने बताउनुहुन्छ ।

ब्यक्तिगत घर भएका कारण मुआव्जा दिएर ब्यवस्थापन गर्नुपर्ने हुन्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो,– बाँकेमा आउनासाथ यो घर ब्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

मानपुर भएर यात्रा गर्ने बाँकेको खजुरा, जानकी र बैजनाथ गाउँपालिका तथा बर्दियाबासीले बर्षोदेखि घरको उचित ब्यवस्थापन गरि दुर्घटनाको जोखिमलाई कम गर्न माग गर्दै आईरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आफु बाँकेमा आउनासाथ सो घर ब्यवस्थापनका लागि चासो लिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले घरको ब्यवस्थापनका लागि कानूनी पाटो लगायतका बारेमा बुझ्ने काम गरिसक्नुभएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले छिटो भन्दा छिटो घरको ब्यवस्थापन गर्न पहल गरिने समेत बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »