काठमाडौं । बिभिन्न अस्पतालका बिरामी कुरुवा,सडक बालबालिका ,अति बिपन्न बर्ग,स्वास्थ्यकर्मी तथा शुरक्षाकर्मीको सेवा गर्ने कार्यक्रम अन्तरगत निशुल्क भोजन ब्यबस्थापन तथा राहत बितरण गरीरहेको मानवका लागि मानव अभियानलाई अमेरिका बाट सहयोग प्राप्त भएको छ ।
बुढानिलकण्ठ घर भई हाल अमेरिका बस्दै आएका तुङ्गानाथ उपाध्याय ले कोरोना महामारी मा केहि गरौं भन्ने उदेश्यले अभियानलाई रु५०१५१। १४ रकम बराबरको सहयोग पठाएका थिए ।
भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष शुदर्शन पौड्यालको पहलमा प्राप्त भएको सो रकम बाट ७५प्रतिसत रकम राहत सामाग्री र बिरामी उपचारमा खर्च गर्ने र २५ प्रतिसत रकम निशुल्क भोजन लाई खर्चगर्ने सहयोग दाताको ईच्छा अनुसार बुढानिलकण्ठ मन्दिर आसपास बसोबासगर्ने १५ परीवारलाई १ महिना पुग्ने चामल ,दाल ,तेल ,नुन को ब्यबस्था मिलाईएको थियो भने १ जना बिरामिको लागी उपचार खर्च रु ५००० र मन्दिर आसपासका बाँदर हरुको लागि केहि फलफुल समेत किनेर खुवाईएको थियो ।
राहत हस्तान्तरण भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष शुदर्शन पौड्याल तथा मानवका लागि मानव अभियानका संयोजक हेम बहादुर खड्का (राज)को बिषेस उपस्थिति र भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल को महासचिव अर्जुन के सि ,केन्द्रीय सदस्य लिला खनाल, केन्द्रीय सदस्य महेन्द्र के सि तथा समाजसेवि च्याङ्बा तामाङ्ग को उपस्थितिमा भएको थियो ।
स्थानिय पिडीत हरुलाई राहत बितरण गरेर बचेको रकमबाट मानवका लागि मानव अभियान ले संचालन गरेको निशुल्क भोजन कार्यक्रमको लागी केहि खाध्यन्न र नगद रु ३०५० अभियानका संयोजक हेमबहादुर खड्का (राज) तथा आयोजक सदस्य च्याङ्बा तामाङ्ग लाई हस्तान्तरण गरीएको थियो ।
भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल निशुल्क भोजन कार्यक्रम को आयोजक संस्ठा पनि भएकोले आउँदादिन हरुमा समेत आफुहरुले सक्दो सहयोग गर्ने अभियानका अध्यक्ष पौड्याल ले बताएका छन् ।
संस्थाका अध्यक्ष शुदर्शन पौड्याल हाल सालै मात्र कोरोना पोजेटीभ भई २४ दिन होम क्वारेन्टाईन मा बसेर कोरोनालाई परास्त गर्न सफल भएका थिए ।