सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवका लागि मानव अभियानले ल्यायो नयाँ कार्यक्रम : सफलताको नतिजा आजै बाट

काठ्माण्डौ। बिगत १५ दिन देखि घुम्ति कार्यक्रमको रुपमा बसन्तपुर दरवार क्षेत्र ,जडिबुटी अब्यबस्थित बसाई क्षेत्र ,पशुपती गौशला, बिर अस्पताल ,माहांकाल,भद्रकालि , महाबौद्ध ,सोरखुट्टे क्षेत्रमा निशुल्क भोजन ब्यबस्थापन गरिरहेको मानवको  लागि मानव  अभियानले अत्यन्तै प्रभावकारी नयाँ योजना लाई कार्यन्वयन गर्न लागेको जनाएको  छ ।

अभियानको मुख्यअभियन्ता हरुको बैठकबाट पारित गरि लागु गरिएको कार्यक्रमले पहिलो दिन बाटनै सफलता उन्मुख नतिजा प्रदान गरेको अभियानका आर्थिक एबं प्रशासन बिभाग प्रमुख दिपेन्द्र ढकालले बताए ।

बास्तबिक पिडितको पहिचान गरी समस्या समाधान गर्न स्थानिय जनप्रतिनिधिलाई उत्तरदायी बनाउने योजना अन्तरगत कामपा १५ मा  खाध्यन्न अभावमा रहेका करीब १९ परीवारलाई राहत दिलाउन त्यस वडाका वडाध्यक्ष ईस्वरमान डंगोल संग कुराकानि भएको र वडाकार्यलय समस्याको  समाधान गर्न  सकारात्मक रहेको थियो  ।

यस्तै कामपा वडा नं ९ भत्केको पुल आसपास क्षेत्रमा खाध्यन्न अभाव भएको सुचना प्राप्त भएपछि  खाना लिएर त्यहाँ पुगेको अभियन्ताहरुले त्यस वडाका वडा अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ लाई संपर्क  गरी पिडीत परीवारलाई केहि दिनको लागी खाध्यन्न उपलब्ध गराउने कार्य भएको  थियो ।

स्थानिय प्रशासन संग हातेमालो गर्दै बाटोमा दैनिक शुरक्षा प्रदान गर्दै आएका शुरक्षाकर्मि हरुलाई बिभिन्न दाताहरुको सहयोग मा  पिउने पानी ,जुस तथा केहि  ठाउँमा खाजाको समेत प्रवन्ध गर्दै आएको अभियान ले निशुल्क भोजन संगै स्थानिय सरकारसंगको सहकार्यमा के  अझ नयाँ र  परिस्कृत योजना ल्याउन लागेको कार्यक्रमका  ब्यबस्थापक डि बि पराजुली ले मिडिया हरुसंगको  कुराकानिमा बताएका  छन् ।

स्थानिय जन प्रतिनिधिलाई जनता प्रति उत्तरदायी बनाउदै आम नागरिकलाई आत्मनिर्भर बन्नेतर्फ आफ्नो ध्यान गएकोले यो निशुल्क भोजन त अल्पकालिन योजना मात्र भएको कार्यक्रमका  संयोजक हेम बहादुर खड्का (राज) ले बताए ।

अभियानको सफलताको शुत्र को  रुप मा  कार्यरत  ,राज क्षितिज ,सरस्वति काफ्ले , लिला खनाल , उषा सिंखडा ,च्याङ्बा तामाङ्ग , राजेश थापा ,सुनिल रावत , सबिना दाहाल ,भुमिका रसाईलि ,जिवन बडाल, मिलन  आले ,नवराज श्रेष्ठ ,अनक मगर ,लागायत संपुर्ण सहयोगिहात हरुको कारण अभियानले यो उचाई चुम्न  सफल भएको अभियानको संचार बिभाग प्रमुख मन्दिरा शर्मा पौडेल को धारणा रहेको छ।

राष्ट्र प्रति जिम्मेवार बन्दै अभियानले कोरोना कहर पछि पनि यस्ता थुप्रै स्वयंसेवि अभियान हरु शुरु गर्न योजना बनाई रहेको संयोजक राज बताउछन्।

भर्खरै

सम्बन्धित खबर

Language »