सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवबेचविखन रोकथामका लागि समन्वय बैठक र छलफल सम्पन्न

नेपालगञ्ज, बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो । महिला बालबालिका शाखाका अधिकृत शाहीले मानवबेचविखन रोकथाका लागि निति, कार्यविधि र निर्देशिका तयार भएपनि श्रोतको अभाव हुने गरेकोले समस्या हुँदै आएको बताउनुभयो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका वरिष्ठ सई अभय रावलले मानवबेचविखन र ओसारपसार जघन्य अपराध भएकोले यसको रोकथामका लागि छुट्टै ब्युरो गठन गरिएको जानकारी सो अवसरमा गराउनुभयो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामी र परियोजनाका फिल्ड सुपर वाइजर शंकरसिंह थारुको उपस्थिति रहेको थियो ।

सो समन्वय तथा छलफल कार्यक्रममा नागरिक समाजका संस्थाहरु माइती नेपाल, शक्ति समुह, साथी संस्था, साना हाथ, शान्ति पुनस्र्थापना, आफन्त नेपाल, नगरस्तरीय बालक्लब सञ्जाल, अभियान नेपाल, जिल्ला युवा क्लब सञ्जाल, सिद्दी टाप र थ्री एन्जल्सका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »