सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानसिक सन्तुलन गुमाएका बृद्वकाे वेवारिसे अवस्थामा शव फेला

राजेश सिंह

महाेत्तरी । महाेत्तरीकाे गाैशालामा मान्सिक सन्तुलन गुमाएका बृद्वकाे शव भेटिएको छ ।

गाैशाला नगरपालिका ५ स्थित मरहा खाेलाकाे करिब ५ सय मिटर पश्चिम पट्टी मान्सिक सन्तुलन गुमाएका बृद्वकाे बेवारिसे अवस्थामा शव फेला परेको हाे ।

मृतक गाैशाला नगरपालिका ९ बस्ने ७६ वर्षिय चन्देश्वर शाह रहेको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले जानकारी दिनुभयो ।

शव मुचुल्का पश्चात आफन्तलाई जिमा लगाउने प्रमुख मिश्रले जनाए । शव प्रकृति हेर्दा करिब ५-६ दिन पहिला नै मृत्युु भएको हुनसक्ने मिश्रले बताउनुभयो ।

मृतक शाह ५-६ दिनदेखि सम्पर्क नरहेको आफन्तले जनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »