सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक रहेको डा. विकास देवकोटाको भनाई

काठमाडौँ । मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताएका छन् ।

देवकोटाले शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताए । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्‍ने पनि बताएका छन् ।

सोमबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले किटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुइँ, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतह मात्रै निःसंक्रमण हुने जानकारी दिएका हुन् ।

शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा,मुख,नाक आदिमा हानी पुर्‍याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुने प्रवक्ता देवकोटाको भनाइ छ ।

उनले भाइरसबाट बँच्‍न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने सुझाए ।

यस्तै, सोमबारसम्म कोरोना संक्रमितको संख्या ७५ रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा रुपन्देहीमा १ जना, नेपालगञ्जमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगञ्जमा ९ जना तथा विराटनगरमा ३१ जना गरी ५९ जनाको उपचार भइरहेको छ र उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार हालसम्म कुनै पनि बिरामीमा गम्भीर लक्षण देखिएका छैनन् । सबैको स्थिति सामान्य छ । सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ५० हजार ८ सय ८५ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ६ सय ४० परीक्षण भएको छ ।

त्यसैगरी सोमबारको प्रेस ब्रिफिङमा आइसोलेसनमा देशभरी १ सय ६ जना रहेका र काठमाडौँमा १ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ५ जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »