सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन

नेपालगञ्ज, साहित्यकार सृजन लम्सालको लघु कथा संग्रह ‘मान्छेदेखि सावधान’ विमोचन गरिएको छ ।

नेपालगन्जमा शनीबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।


मध्पश्चिम स्रष्टा समाजद्धारा प्रकाशित संग्रहमा ७३ वटा लघुकथाहरु समावेश छन् । ५ दशकदेखि साहित्यमा क्रियाशिल निवन्धकार लम्सालको यो संग्रह नवौं कृतीका रुपमा सार्वजनिक भएको हो ।


विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै साहित्यकार इन्द्र बहादुर भण्डारी (इन्द्रेणी)ले संग्रहमा समाजका विविध पाटो उठान गर्न खोजीएपनि सामाजिक विषयवस्तु र सन्देश भने प्रभावकारी रहेको जीकीर गर्नु भयो ।

लम्सालका लघुकथाले निवन्धकारको पहिचानलाई कमजोर बनाउन सक्ने तर्फ ध्यान दिन उहाँले कृतिकारलाई सुझाउनु भयो । पुस्तकका अर्का टिप्पणीकर्ता पुस्कर रिजालले लघुकथा संग्रहले वर्तमान समाजको चीत्रणसँगै नैतीकताको मार्ग निर्देश गरेको बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले लम्सालको लघु कथा संग्रहले नयाँ पहिचान स्थापीत गरेको भन्दै थप परिस्कृत रचनाको अपेक्षा गर्नु भयो । यस्तै प्राज्ञ तीमील्सेनाले संग्रहमा समावेश स्थान र विषयले आञ्चलीकता झल्काएको भन्दै कथाका विषयवस्तु गहन भएको दावी गर्नु भयो ।

कृतीकार लम्सालले साहीत्य सिर्जना सीमामा नबाधाीने भएकाले नयाँ विधामा पनि कलम चलाइरने दृढता व्यक्त गर्नु भयो ।

स्रष्टा समाजका उपाध्यक्ष अमृत ढकालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शुक्रऋषि चौलार्गाले गर्नु भएको थियो । एक सय २८ पेजको सो संग्रहको मुल्य २०० तोकीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »