सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मापसे गरेर सवारी चलाएर कारवाहीमा पर्नेले मेडिकल रिपोर्ट पेश गर्नुपर्ने

काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको थाहा पाएमा अब कारवाहीमा पर्नेले मेडिकल रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

कोरोनाभाइरस (कोभिड– १९)का कारण सडकमा खटिएका ट्राफिक प्रहरीले ब्रेथलाइजरमार्फत मापसे चेक गर्न कठीन हुने भएपछि मेडिकल चेक गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो ।

मापसे गरेर कसैले सवारी चलाएको प्रहरीले भेटिएमा अब मेडिकल रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

मापसे गरेर सवारी साधन चलाएको पाइएमा उनीहरूलाई महाशाखामा ल्याएर मेडिकल गर्ने र मेडिकलको पैसा मापसे गर्नेले नै तिनुपर्ने व्यवस्था गरिएको ढकालले लोकान्तरलाई जानकारी दिए ।

लकडाउनको समयमा पनि सडकमा मापसे गरेर सवारी चलाउने गरेको घटना पाइएको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »