सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“मायाला कसम”मा नायक अमिर दोङको मृत्यु, आँशु लुकाउन सकेनन् दर्शकले

काठमाडौँ । भदौ २१ गते सोमबार बौद्धको पाटीटार बर्गर हाउसमा नायक अमिर दोङ र नव मोडल मिङमार लामाको अभिनय रहेको “मायाला कसम” म्यूजिक भिडियो नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जीव वाइवाको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको थियो ।

शब्द रचनाकार, संगीतकार, गायक विशाल काल्तन, गायिका जीतु लोप्चनको आवाज रहेको “मायाला कसम”मा नव कलाकार मिङमार लामाले नायक अमिर दोङसँग डेब्यु गरेको हो ।

“मायाला कसम” म्यूजिक भिडियोमा निर्देशक अमिर दोङले दर्शक, स्रोताहरुका लागि म्यूजिक भिडियोमा नयाँ पन दिन खोजेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सन्जीव वाइवाले तामाङ समुदायले हरेक पटक गीत संगीतको म्यूजिक भिडियो सार्वजनिक हुँदा केही न केही नयाँपन खोजिरहेका हुन्छन् । “मायाला कसम”मा साँच्चिकैरुपमा नयाँपन पाउने छन् । उहाँले कार्यक्रममा संवोधन गर्नेक्रममा तामाङ गीत संगीतमा बिकृती आएको स्वीकार गर्नुभयो । त्यसका लागि नेपाल तामाङ कलाकार संघ र गीत संगीतमा चिन्तन गर्ने व्यक्तिहरुले विशेष पहल गर्नुपर्ने बताएको छ ।

“मायाला कसम”ले प्रेम पारखीहरुका लागि नयाँ सन्देश दिन खोजेको प्रमुख अतिथि सन्जिव वाइवाको भनाई छ । यसैगरी नेपाल तामाङ कलाकार संघकै महासचिव विशाल काल्तनले “मायाला कसम” सन्देश मुलक भन्दा पनि प्रेम गीत भएको हुनाले यसलाई प्रेम कथाकै रुपमा हेर्नुपर्ने बताउनु भयो ।

नेपाल सरकारले नितिगतरुपमा लकडाउन खुलाएपछिको यो नै तामाङ समुदायमा सार्वजनिक भएको म्यूजिक भिडियो हो । यो गीतलाई गायक तथा संगीतकार उर्गेन दोङले एरेन्ज गरेको हो । गायक उर्गेन दोङले तामाङ समुदायमा भन्दा नेपाली संगीतिक क्षेत्रमा चर्चा कमाउन सफल भएको छ ।

“्मायाला कसम” म्युजिक भिडियोमा नायक अमिर दोङ बाइक दुघटनामा परी मृत्यु भएको हुन्छ तर उनको आत्मले प्रेमीकालाई भेट्न पुगेका हुन्छन् । जहाँ बाइक दुघटना भएको हुन्छ त्यहाँ स्थानीयहरुले उनलाई छुन डरमानी रहेका हुन्छन् । यो म्यूजिक भिडियोले शारीरिकरुमा मान्छेको मृत्यु भएता पनि हाम्रो आत्मको मृत्यु हुँदैन भन्ने सन्देश दिन खोजेको देखिन्छ । हुन त तामाङ समुदायमा अथवा बौद्धधर्म अनुसार मृत्युपछि अर्को जन्म लिन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । सायद त्यसैमा आधारित रहेर होला मायामा सँगै बाँच्ने कसम खाएका प्रेमीलाई भेट्नका लागि मृत शरिरलाई छोडेर आत्ममात्र पुगेका हुन्छन् ।

यो “मायाला कसम” म्यूजिक भिडियोलाई कथानात्मक म्यूजिक भिडियो भन्दा फरक पर्दैन ।

क्यामरामा सुमन तामाङ, ड्रोनमा रोनिस तामाङ, राजु लामाको सम्पादन, कथा र कलरीङ रहेको छ ।

डम्फू मिडिया हाउसको प्रस्तुति रहेको यो म्युजिक भिडियोमा नव कलाकार मिङमार लामाले राम्रै अभिनय गरेका छन् । दृश्य सम्पादनमा नायक अमिर दोङले विशेष ख्याल राखेको देखिन्छ ।

“मायाला कसम” म्यूजिक भिडियो सार्वजनिक कार्ययक्रममा नायक अमिर दाङको बाइक दुघटनामा परी मृत्यु भएको दृश्य देखेर मोडल मिलन थिङ (पराङ) ले दर्शकहरुको सामु आशु लुकाउन सकेनन् । आँखाबाट रसाएको लुकाउन उनी हलबाट बाहिरिएको थियो भने त्यहाँ उपस्थित धेरै दर्शकहरुले आँशु लुकाउन सकेनन् । कार्यक्रम सकेपछि केहि दर्शकले नायक अमिर दोङलाई जिस्काएका थिए । भिडियोमा त मृत्यु भएको देखाएको थियो नि । तपाईँ त हाम्रो सामु हुनु हुन्छ ?

प्रेममा डुबेका, साँच्चो प्रेम गरेकाहरुका लागि यो म्यूजिक भिडियोले साँच्चिकै मन छुने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »