सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मासु पसलमा व्यवसायीको छड्के, अनुगमन

नेपालगन्ज , बाँकेको नेपालगन्जका केहि स्थानहरुमा शुक्रबार कुखुरा व्यवसाय मन्चले छड्को अनुगमन गरेको छ । प्रहरी सहितको अनुगमनका क्रममा चार बढि पसलले अबैध रुपमा भारतबाट कुखुरा ओसार पसार गरि विक्रि गरेको पाइएको हो ।

अधिकाशं पसलले खरिद गरेको विल पनि देखाउन नसकेको र कतिपय पसल छाडेर भागेको कुखुरा व्यवसायि मन्च बाँकेका अध्यक्ष धर्मराज पोख्रेलले जानकारी दिनुभयो । पसलबाट बरामत गरिएका कुखुरा र मासुलाई पशु क्वारेन्टाइनमा बुझाउने गरि प्रहरीको जिम्मा लगाइएको कुखुरा व्यवसायि संघ बाँकेका अध्यक्ष इश्वर सुवेदीले जानकारी दिनुभयो ।

पुन स् अबैध कुखुरा विक्रि वितरण गरे कडा कारबाहि गरिने चेतावनी व्यवसायिले दिएका छन । आज गणेशमान चोक देखि जमुनाह र धम्बोझीको भित्रि लाइनतिर अनुगमन गरिएको संघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »