सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मास्कको कालोबजारी गर्ने धमाधम पक्राउ : कपनबाट डेढ लाख मास्क बरामद

कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेको बेला काठमाडौंमा मास्कको कृत्रिम अभाव सिर्जना गर्ने विरूद्ध प्रहरी आक्रामक रुपमा पछि लागि परेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले, ३ रूपैयाँमा खरिद गरि ४० रूपैयाँ सम्ममा मास्क बिक्री गरेको आशंकामा बिशेष अप्रेसन चलाइएको हो । जस अनुसार शनिबार ७८ हजार मास्क सहित ८ जना पक्राउ परेका थिए ।

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ । कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशन अझै जारी छ । त्यसैले बरामद संख्या बढ्न सक्ने एक प्रहरी अधिकृतले सारा खबरलाई बताए ।

यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »