सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माहिला एम्बुलेन्स चालककाे पीडा

काठमाडौँ । एम्बुलेन्स चालकहरु प्राय पुरुष नै हुन्छन् । नेपालमा महिला एम्बुलेन्स चालकको तथ्याङक निकाल्ने हो भने सायद औलामा नै गन्न सकिन्छ होला ।


नेपालमा लकडाउन शुरु भएपछि एम्बुलेन्स चालकहरु एम्बुलेन्स चलाउन नै मानिरहेका छैनन् तर लक्ष्मी थापा मगर महिला भएर पनि यो विपदको समयमा एम्बुलेन्स चलाउन तयार भएको छ ।

नेपाल सरकारले लकडाउन लागु गरेको केहि दिन देखि उनीले एम्बुलेन्स चलाउन थालिन् ।

एम्बुलेन्स चलाउन स्टेयरीङ समातेको दिन उनलाई यत्ति गर्भ थियो कि म सम्मानित काम गर्दै छु । म समाजका लागि सेवा गर्न काम गरिरहेको छु । त्यसकारण पनि उनीले काम गरे वापत पारिश्रमिक नलिने घोषणा गरेकी थिइन् तर अहिले उनी पछुताएकी पनि छिन् ।


उनको कार्यक्षेत्र नेपालको कोरोना संक्रमित क्षेत्रमा भएको हुनाले पनि होला भन्ने लग्ला तर त्यो होइन, यत्तिबेला हाम्रो समाजले एम्बुलेन्स चालकलाई गर्ने व्यवहारबाट उनी पछुताएकी हुन्

कुनै समय एम्बुलेन्स चालकहरुलाई सम्मानित पेशाको रुपमा हेर्ने समाज अहिले घृणाको रुपमा हेर्न थालेको तितो उनुभव छ लक्ष्मी थापा मगरसँग । यो तितो अनुभव उनीसँग मात्र हैन सम्पुर्ण एम्बुलेन्स चालकहरुको अनुभव हो भन्दा फरक नपर्ला ।

यो रिपोर्टिङको क्रममा मनमोहन अस्पतालमा कार्यरत एम्बुलेन्स चालक सन्जय तामाङसँग पनि भेटेका थियौ उहाँ यसो भन्नुहुन्छः “हामीलाई देख्न साथ आजभोलि त कोरोना आयो भनेर कुरा काट्छन् ।”

“महिला समानताको जति कुरा गरेता पनि महलिाहरु सियो दागो भन्दा माथि उठ्न सकेन । त्यसैले मैले समानताको बराबरी हकको महसुस गर्नका लागि पनि १० वर्ष पहिला नै ड्रइभिङ लाइसेन्स लिएर सवारी चलाउन थालेको हुँ ।“ एम्बुलेन्स चालक लक्ष्मी थापले आफ्नो विगत सुनाइन् । तर एम्बुलेन्स चालक भएर सेवा गर्छु भन्दा समाजले छि छि को भावनाले हेर्दा मन थाम्न नसकेर रुन बाँध्य हुनुपरेको उनी सुनाउँछिन् ।

श्रुक्रबार साँझ काठमाडौँ महानगरपालिका बुद्धनगरको धारा गल्लीमा एम्बुलेसलाई पार्किङ गरेर घरमा जान खोज्दा त्यहाँका स्थानीयले उनलाई एकछिन पनि एम्बुलेन्स राख्न पाउँदैन भन्दै विरोध गरेका थिए । स्थानीयको कुरा सुनेर उनी अन्योलमा परिन् ।

स्थानीयले कोरोना सर्छ भनेर पार्कीङ गर्न नदिए पछि एम्बुलेन्स चालक लक्ष्मी थापा मगरले रुदै सारा खबरका संवाददातालाई फोन मार्फत जानकारी दिनु भएको थियो ।

सारा खबरको यूनिट त्यहाँ पुग्दा धारा गल्लीका केही बुज्रुक व्यक्तिहरु एम्बुलेन्स राख्न पाउँदैन ? तुरुन्तै कतै लगि हाल भन्दै कराउँदै गरेको दृश्यहरु हामीले तपाईहरु माँझ प्रस्तुत गर्दै छौ. । के साँच्ची कै एम्बुलेन्सबाट कोरोना भाइरस सर्छ त ? यदि एम्बुलेन्सबाट कोरोना भाइरस सर्छ भने नेपाल सरकारले एम्बुलेन्सबाट कोरोना भाइरस सर्न नदिनका लागि कस्तो व्यवस्था गरेको छ त ? हामी नेपाल सरकारको आधिकारीक धाराना सम्बन्धीत निकायसँग बुझेर आउँदो भिडियोमा जनताको यो जिज्ञासा समेट्ने नै छौ तर अहिले एक जना एम्बुलेन्स महिला चालक माथि भएको यो ज्यादतीलाई तपाईहरु के भन्नु हुन्छ ? पार्किङ गरेर राखेको एम्बुलेन्सबाट साँच्चिकै कोरोना भाइरस सर्छ त ?

त्यहाँ केही स्थानीयहरु एम्बुलेन्स महिला चालकको पक्षमा पनि भेटायो । अहिले को यो परिस्थितिमा एम्बुलेन्स चालकहरु माथि गरिने यस्ता व्यवहारलाई तपाईहरु के भन्नु हुन्छ ? यो प्रश्नको जवाफ हामी तपाईहरुबाट नै जान्न चाहान्छौ ।

हुन त यत्तिबेला एम्बुलेन्स चालक माथि मात्र होइन, स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स अनि फ्रन्ट लाइनमा उभेर सेवा दिइरहेका नेपाल प्रहरी , ट्राफिक प्रहरी माथि पनि यस खालका दुरव्यवाहर हुन थालेको र दुर व्यवहार भएको सुन्नमा आएको थियो । तर आज सच्चिकैरुपमा पनि देख्न पायौं ।

के एम्बुलेन्स चालकहरु अब घरमा आउन नै नपाउने हो त ? त्यसो हो भने बिरामी बोकेर हिड्ने एम्बुलेन्सहरुले अब के गर्ने त ? यो घट्नाले गम्भिर प्रश्न उठाएको छ । भोलिको दिनमा साँच्चिकै कोरोना भाइरसले विकारल रुप लिदा के होला ? त्यसकारण हामीले यसरी दिनरात नभनी काम गरिरहेका एम्बुलेन्स चालकहरुलाई प्रोत्साहन गर्नु अति आवश्यकता देखिन्छ ।
बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »