सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मिनी केजरीवाल’ भाइरल

काठमाडौं, आम आदमी पार्टी र त्यसका नेता अरविन्द केजरीवालका लागि मंगलबार खुबै फलिफाप भयो। विधानसभा चुनावको नतिजा सार्वजनिक भएको दिन केजरीवालको पार्टीले अत्यधिक बहुमत हासिल गर्‍यो।

तर, सामाजिक सञ्जालमा धेरै मानिसको मन भने ‘मिनी केजरीवाल’ले चोरेका छन्।

मुख्यमन्त्री केजरीवाल प्रायः स्वेटर र मफलरसहित देखिन्छन्। मंगलबार बिहान उनकैजस्तो भेषभुषामा एक बालकको तस्बिर सामाजिक सञ्जालमा देखियो। आप लेखिएको टोपी, मफलर, मसीको जुँगा र चश्मासहित देखिएका उनको तस्बिर भाइरल बन्न पुग्यो।

आपको आधिकारिक ट्विटर ह्यान्डलले नै सो तस्बिरमा ‘मफलरम्यान’ लेखेर ट्विटरमा पोस्ट गरेको थियो। हालसम्म सो तस्बिरले २३ हजार लाइक पाइसकेको छ।

दिल्लीका जनताको मतादेश पाएसँगै केजरीवाल अर्को पाँच वर्षका लागि मुख्यमन्त्री बन्ने पक्का भएको छ। एजेन्सी

भर्खरै

सम्बन्धित खबर

Language »