सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिसन समृद्ध नेपालको पहलमा काभ्रे र राेशीमा राहत वितरण

काठमाडौँ । मिसन समृद्ध नेपालको सचिव सरोज लामाको विशेष पहलमा समाज सेवी तथा मिसन समृद्व नेपालको संस्थापक सल्लाहकार रोशन तामाङको सहयोगमा तेमालको वडा नं. ९ को ९५ घर दुरीलाई राहत वितरण गरिएको छ ।

मिसन समृद्व नेपालले विभिन्न समयमा विभिन्न व्यक्ति र सामाजको हरेक कार्यहरुलाई सहयोग गर्दै आइरहेको थियो ।


नेपालमा लकडाउन शुरु भएको दोस्रो महिनामा समस्यामा परेका विभिन्न व्यक्तिहरुलाई रात वितरण गर्दै आइरहेको थियो । सारा खबर र मिसन समृद्व नेपालका महासचिव मिलन कुमार लामाको विशेष पहलमा काठमाडौँ वडा नं. ४ मा रहेको १६ परिवारलाई राहत वितरण गरेको थियो भने काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ४ मा बसोवास गर्दै आइरहेको ४ परिवारका लागि राहत वितरण गरेका थिए ।

मिसन समृद्व नेपालका सचिव सरोज लामाको विशेष पहलमा काभ्रेको रोशि गाउँपालिकाको र्खापाच्योमा राहत वितरण गरेको थियो । शुक्रवार पाँच गते काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ का ९५ घरदुरीलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा कोही पनि भोकै नरहोस भन्ने हाम्रो मुल उदेश्य अनुरुप यो अभियानलाई मिसन समृद्व नेपालका सम्पुर्ण परिवारका सदस्यहरुले आ आफ्नो स्थानबाट सहयोग गरिहेका छन् ।

यो अभियानमा मिसन समृद्व नेपालका संस्थापक सल्लाहकार तथा तामाङ चलचित्र संघ नेपालका अध्यक्ष विकु बहादुर थोकरले पनि सयहयोगका लागि विशेष पहल गरेको छ ।

उक्त कार्यक्रममा मिसन समृद्व नेपालका सहयोगी सागर घिसिङ, हरिशरण श्रेष्ट अनि मिसन समृद्व नेपालका अध्यक्ष सुदिन लामाको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »