सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन सम्पन्न

काठमाडौं। मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो ।

आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर ,ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसन अन्तरर्गत २० जना भन्दा बढीले सहभागिता जनाएका छन् । पहिलो चरणमा छुटेकाहरुलाई पाँच दिन सम्म समय थपिएको छ ।

शेर्पा जातिको भाषा,धर्म,कला,सस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर ,किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिइन् । यसको ट्यालेन्ट राउण्ड माघ १७ गते शनिबार र फाइनल राउण्ड भने माघ ३० गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »