सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी युगेन र डोल्मा छिरिङलाई (भिडियो सहित)

काठमाडौं 

 गौतम बुद्ध फिल्मस् प्र.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी रामेछापका युगेन शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलुखुम्बुका डोल्मा छिरिङ शेर्पाले शेर्पाले हात पारेकी छन् । दुबै जनाले शीर्ष उपाधी संगै २० र २० हजार नगद पाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा मिस्टर टिन शेर्पा तर्फ क्रमशः फस्ट र सेकेण्ड रनरअप दावा जङबु शेर्पाले पन्ध्र हजार नगद र गौतम शेर्पाले दश हजार नगद हात पारेका छन् ।

त्यस्तै मिस टिन शेर्पा तर्फ फस्ट रनरअफ डोल्मा शेर्पाले पन्ध्र हजार नगद र सेकेण्ड रनरअप मिङमा शेर्पाले दश हजार नगद सहित विभिन्न सब टाइटल हात पारिकी छन् ।

भिडियो…..

भर्खरै

सम्बन्धित खबर

Language »