सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“मिस तामाङ्क २०२१”काे आवेदन खुल्याे,फागुन १५ गते बिजेता घाेषणा हुने,

काठमाडौँ । कोरोना कहरबाट तङरिदै नेपाली बजारमा व्यापारिक चहलपहल शुरु भएको छ । यही आउँदो २८५७ औं सोनाम ल्होछारको अवसरमा “मिस तामाङ्क २०२१” हुने भएको छ ।

एभरेष्ट् फेसन होमको आयोजनामा हुन लागेको यो मिस तामाङको अडिसनको लागि आवेदन फम खुलि सकेको एभेरेष्ट् फेसन होमको अध्यक्ष रन्जिता लामाले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

मिस तामाङमा सहभागीता हुनका लागि तामाङ जाति हुनुपर्ने र १६ वर्ष देखि २८ वर्ष नकटेको हुनु पर्ने छ भने कम्तिमा ५ फिट उचाई र एस. एल. सी. सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको छ ।

होटल ¥याडिसनमा २००६ मा पहिलो पटक मिस तामाङको आयोजना भएको थियो भने १७ वर्ष पछाडी सोही स्थानमा मिस तामाङको फाइनल ताज कस्ले जितिन्छ भन्ने घोषणा गरिने छ ।

मिस तामाङ २०२१ बिजेता, फस्ट् रनर अप, सेकन्ड रनरअप, र १० जनालाई सभ टाइटल उइनर अवार्ड पनि वितरण गरिने अध्यक्ष लामाले पत्रकार सम्मेलनमा जानकरी दिनुभएको छ । उहाँको भनाई अनुसार २०७७ साल माघ ०९ गतेसम्ममा फम बुझाउन पाइने छने भने २०७७ माघ १० गते देखि छनौट प्रक्रिया शुरु हुने छन् । यसरी नै २०७७ फागुन १५ गते शनिवार देखि अन्तिम प्रतियोगिताका लागि ट्रेनिङ संचालन हुने जानकारी दिनुभएको छ ।

यसरी मिस तामाङमा सहभागी हुनेहरुका लागि १ महिनासम्मको तालिम अवधि तोकिएको छ भने उक्त अवसरमा तामाङ भाषाको महत्व, व्यतिmत्व विकास, तामाङ जातिको इतिहास, श्रृङ्गार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्यको अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विभिन्न तालिम दिइने अध्यक्ष रन्जिता लामाले बताउनु भयो ।
पौस १६ गते बिहिबार बानेश्वरको हिमालय रिमठिम क्याफेमा भएको पत्रकार सम्मेलनमा २०१९ को मिस तामाङ बिजेता सरिता लामाले टाइटल बिजेता पछिको फाइदा र अनुभव सुनाएका थिए भने फस्ट् रनअर अप र थर्ड रनअर अप सविना दोङ र लसिका स्याङ्भोले पनि अनुभव सुनाएका थिए ।

पत्रकार सम्मेलनमा कार्यक्रम संचालक मिक्साङ वाइवाले पत्रकारिताको लामो समयसम्मको अनुभव र मिस तामाङको महत्वकोबारेमा सारा खबरको संवादको क्रममा बताएकी छिन् ।

मिस तामाङ २०२१ को महत्व र सदाको भन्दा अलि फरक र पृथक हुने पनि एभरेष्ट फेसन होमको अध्यक्ष रन्जिता लामाले बताए ।
विगतमा विभिन्न तत्वहरुको कारणले मिस तामाङ विवादमा आएको भएता पनि यस पटक त्यसो हुन नदिने अध्यक्ष लामाले प्रतिवद्घतता गरेको छ ।

सारा खबरको संवादमा उहाँले तामाङ समुदायको रहन सहन, सस्कृतिको झल्को दिने एक महत्वपुर्ण कार्यक्रम मिस तामाङ भएको पनि उहाँले दाबी गर्नु भयो । मिस तामाङमा सहभागी हुनेहरुले अवसर नै अवसर पाउने र समाजमा चिन्न पाउने महत्वपुर्ण अवसर पनि मिल्ने बताएको छ ।

हुन त मिस तामाङ विभिन्न काल खण्डमा विविध समस्याहरुको सामाना गरेर निरन्तर अगाडी बडी रहेका छन् । त्यही विवाद कै कारणले पनि होला मिस तामाङ २०२० हुन सकेको थिएन तर एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामाले निरन्तरता दिइरहेकी छिन् ।


भिडियो संवाद केहि समय पछि प्रसारण हुँदै छ हेर्न नभुल्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »