सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजिनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएका छन् । आफू माथि परेको अविश्वासको प्रस्ताव माथि भोलि सोमबार मतदान हुने भए पछि उनले आजै राजिनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले राजिनामा दिइएको भन्ने संम्बन्धित स्रोतबाट बुझिएको छ ।

पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् भने अर्को सरकार नबनेसम्मका लागि पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी दिएका छन् ।

लुम्बिनीमा सभामा आइतबार अविस्वासको प्रस्ताव संसद बैठकमा प्रस्तुत हुने र सोमबार मतदान गरी टुङ्ग्याउने तयारी भइरहेको थियो । शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेण्डामा छलफल भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »