सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”मुग्लान”मा रहेकाे श्रीमान सम्झेर बिलाैना गर्दै छिन् नायिक राेश्नी ब्लाेन

काठमाडाैँ । नायिका राेश्नी ब्लाेन विदेशमा रहेकाे श्रीमान सम्झेर नेपालमा बिलाैना गर्दै छिन् । पंत्तिकारसँगकाे भेटमा पनि विलाैना गर्दै थिइन् , ”लाैन पत्रकार महाेदय, यहाँ त एक्लाे बस्न नै नसक्ने भयाे । मेराे श्रीमान विदेशमा गएकाे ३ वर्ष भयाे तर यहाँ मलाइ विभिन्न मान्छेहरू कर्के नजरले हेरछन्न भनेकाे । याे मलाइ मात्र हाे कि अरू नेपाली नारीहरूकाे पनि समस्या हाे ?”

पंत्तिकार सुनि रहे केहि बाेलेन ।

यही माघ ४ गते मुग्लान म्युजिक भिडियाे सार्वजनिक गर्न लागेका नायिका राेश्नी ब्लाेनसँगकाे संवाद हाे याे

तामाङ समुदायमा अथवा तामाङ चलचित्रमा नायिका रूपमा पहिचान कमाउन सफल नायिका राेश्नी ब्लाेन द्वारा अभिनित नयाँ म्युजिक भिडियाे ”मुग्लान” यही माघ ४ गतेबाट बजारमा चाँडै नै आउदै छन ।

आम नेपाली समाजले वर्तमान अवस्थामा व्यहाेर्दै आएकाे समसामायिक विषयमाआधारित म्युजिक भिडियाेमा नायिका राेश्नी ब्लाेनकाे बेजाेड अभिनय रहेकाे छ ।

श्रीमान विदेशमा रहदा नेपाली विवाहित नारीले के-कस्ताे समस्या व्यहाेर्नु पर्छ भन्ने सन्देश म्युजिक भिडियाेकाे माध्यमबाट दिन खाेजिएकाे नायिका राेश्नी ब्लाेनकाे दाबी रहेकाे छ ।

नायिका राेश्नी ब्लाेनले तामाङ समुदायकाे तामाङ चलचित्रमा मात्र नभएर नेपाली चलचित्रमा पनि अभिनय गरि सकेका छन् तर तामाङ चलचित्रमा स्थापित नायिकाकाे रूपमा चिनिन्छन् ।

करिब १६ वर्षकाे अन्तरालमा दर्जनाै तामाङ चलचित्रमा नायिकाकाे भुमिकामा अभिनय गरि सकेका छन् ।

अाउँदाे म्युजिक भिडियाेमा १६ वर्षकाे भुमिकालाइ निर्वाह गर्न सकिन्छ या सकिदैन त्याे भने माघ ४ गते रिलिज हुने म्युजिक भिडियाे मुग्लान बाट नै थाहा हुने छन् ।

नेपाल तामाङआर्टिस एसोसिएसन मलेसियाको प्रस्तुति रहेको यो म्युजिक भिडियोमा स्वर गायक निमा दोङ र गायिका जितु लोप्चनको रहेको छ । शब्द रचना कुमार स्याङ्बाको रहेको छ भने फूर्व दोर्जे मोक्तान, नायिका रोश्नी ब्लोन र हास्यकलाकार कुईसाङ रुम्बाको बेजोड अभिनय रहेको निर्माण पक्षले दाबी गरेको छ ।

यो म्युजिक भिडियोको निर्देशन भने तामाङ चलचित्र क्षेत्रमा महा- नायकको उपाधि पाउन सफल अमिर दोङले गर्नु भएको छ ।

म्युजिक भिडियाे के कस्ताे निर्माण भएकाे छ त्याे हेर्न भने माघ ४ गते नै पर्खनु पर्छ भने नायिका राेश्नी ब्लाेनले याे म्युजिक भिडियाेबाट १६ वर्षे जवानी फिर्ता ल्याउन सकिन्छ या सकिदैन माघ ४ गते मुग्लानकाे म्युजिक भिडियाे रिलिज भएपछि तामाङ समुदायले नै मुल्याङ्कन गर्ने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »