सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”मुग्लान”म्युजिक भिडियाेमा नायिका राेश्नी ब्लाेनकाे अग्नी परिक्षा

काठमाडाैँ । नव विवाहित राेश्नीलाई नेपालमा छाडेर परदेश जाँदा फूर्वाकाे मन कति दुःखी बनेकाे थियाे हाेला ? पाेल्टा भरी सपना छाडेर गएकाे श्रीमानकाे बाटाे हेरी नेपालमा बसेकाे राेश्नीकाे मन यहाँ कस्ले ताैलिन सकिन्छ र ?

बाटाेमा हिँड्दा वा कतै चिया, खाजा खाना बस्दा जिस्कनेहरूकाे लर्काे देख्दा राेश्नीलाई सबैकाे अगाडी मन खुलाएर रून मन नलागेकाे कहाँ हाे र ? उनी आँशु लुकाउँदै आफ्नै बाटाे लाग्न बाध्यता थियाे ।

परदेशमा भएकाे श्रीमान सम्झँदै सधैं रून्छिन् राेश्नी,उत्ता फूर्वा नेपालमा भएकाे श्रीमती सम्झेर दिन रात नभनी काम गरिरहेकाे हुन्छ ।

अरूले के भन्छ त्यता ध्यान नदिनु हाेला । म तिम्राे सपना पुरा गर्न विदेशमा पसिना बगाउँदैछु । कामबाट फुर्सद पाउन साथ नेपालमा भएकाे श्रीमतीलाई फोन गर्दै उनी सम्झाउने गर्छन् ।

फूर्वाकाे सपना मन भरि सजाएर राेश्नी एक दिन रेष्टुरेन्ड खाजा खाना पुग्छिन् ।

केटी जिस्काउन पल्केका कुइसाङ वाइवा पनि त्यही हुन्छन् । राेश्नीलाई फकाएर केही दिन माेज मस्ती गर्ने याेजनाका साथ रोश्नीसँग जिस्कन खाेज्छन् तर फूर्वाकाे मायामा अडिग राेश्नी कुइसाङलाई गालामा चड्कन लगाउँदै भन्छिन् ” श्रीमान विदेशमा भएका सबै श्रीमतीहरू तिमीले साेचेकाे जस्ताे हुँदैनन् ।”

नायिका राेश्नी ब्लाेनद्वारा अभिनित म्युजिक भिडियाे मुग्लान काे कथा हाे याे । माेडल फूर्वा दाेर्जे माेक्तानसँग नायिका राेश्नी ब्लाेनकाे राेमान्स निकै जमेकाे छ । छायाङ्कन पक्षमा केही कमिकमजाेर भएता पनि गीतकाे मर्म भने मन छुने रहेकाे छ ।

याे आम नेपालीहरूकाे वास्तविक कथा हाे । यही कथामाआधारित नयाँ म्युजिक भिडियाे मुग्लान सार्वजनिक भएकाे छ । बाैद्धमा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरकाे प्रमुख आतित्थ्यतामा सार्वजनिक भएकाे म्युजिक भिडियाे धेरैले मन पराएका छन् । विशेष गरेर विदेशमा बसेका नेपालीहरूकाे मन जित्न सफल भएकाे छ ।

यो ग़ीतको शब्द रचना कुमार स्याङवाले गर्नुभएको हो भने गीतमा निमा दोङ र जितु लोप्चानको सुमधुर आवाज रहेको छ। यस्तै गीतमा निमा दोङको नै संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियोमा भने चर्चित नायिका रोशनी ब्लोन र फुर्वा दोर्जे मोक्तानको माया,प्रेम र राेमान्स देख्न सकिन्छ । यस गीतको एरेन्जर बुद्व स्याङवोले गर्नु भएको हो भने निर्देशन तामाङ चलचित्रको चर्चित नायक अमिर दोङले गर्नु भएको हो ।

याे म्युजिक भिडियाेले दर्शककाे मन जित्न सकिन्छ त ? नायिका राेश्नी ब्लाेनकाे अग्नि परिक्षा पनि हाे किन भने उनीकाे म्युजिक भिडियाे याे पहिलाे भने हाेइनन् ।

माेडल फूर्वा दाेर्जे माेक्तानकाे पनि अभिनयकाे मुल्याङ्कन गर्ने समय हाे याे । उनकाे याे अभिनय अनि प्रयासलाई दर्शकले स्वीकारछ या स्वीकारदैन त्याे हेर्न बाँकी नै छन् ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरले म्युजिक भिडियाे समाजकाे दर्पण रहेकाे बताएका छन् । प्रमुख अतिथि तथा संघका अध्यक्ष थाेकरले तामाङ चलचित्र क्षेत्रमा लागेका कलाकारहरूकाे हितका लागि संघ सधै तत्पर रहेकाे बताए । तामाङ समुदायकाे इतिहास माथि राज्यले प्रहार गरीरहेकाे अध्यक्ष थाेकरले आराेप लगाएका छन्

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल र नेपाल जित लामा विशेष अतिथिमा रहेका थिए भने नायिका चाँदनी माेक्तान, कलाकार भूइसला वाइवा, लगाएतका सामाजिक संस्थाका व्यक्तिहरू अतिथिका रूपमा रहेका थिए ।

समाजकाे वास्तविक चित्रलाई गीतकाे माध्यमबाट देखाउन खाेजिएकाेमा सफलताकाे शुभकामना दिनुभएकाे थियाे नायिका चाँदनी माेक्तानले ।

तामाङ समुदायमाथि राज्यले नै दमन गरि राखेकाे छ । गीत संगीतकाे माध्यमबाट समाजलाइ ब्युँझाउन निरन्तर लागि रहेकाे नायिका राेश्नी ब्लाेनकाे कदमलाई हामीले साथ र सहयाेग गर्नु नै पर्छ । शुभकामना मन्तव्यका क्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलले बताउनु भयाे ।

कार्यक्रमकाे सभापतित्व गरिरहेका तामाङ चलचित्र क्षेत्रका महा नायक अमिर दाेङ अध्यक्ष थाेकरकाे भाषण सुनेर हाँसि रहेका थिए तर याे म्युजिक भिडियाेकाे निर्देशक पनि अमिर दाेङ नै रहेकाे हुनाले प्रश्न सृजना भएकाे छ । अहिलेका लागि तामाङ समुदायका महा-नायक अमिर दाेङलाई प्रश्न यत्ति मात्र ।


मुग्लान म्युजिक भिडियाे डम्फु मिडियाकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »