सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुलुकभर संक्रमित बढेकाले लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निर्णय

काठमाडौं। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पछिल्लो समय मुलुकभर कोरोना संक्रमितहरु दिनप्रतिदिन भेटिन थालेपछि देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको निष्कर्ष निकालेको हो ।

तर, उच्च स्तरीय समन्वय समिति लकडाउन बढाउने नबढाउने भन्ने विषयमा ठोस निश्कर्षमा भने नपुगेको जानकारी गराइएको छ । बैशाख १५ गते (पर्सि) लकडाउनको अवधि सकिदैछ । यस विषयमा निर्णय गर्नका लागि आइतबार मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषद्मा उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएनुभएको थियो ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘केही कमीकमजोरीका बाबजुद कोरोना नियन्त्रणका लागि हामीले जे उपाय अवलम्बन गरेका छौँ, त्यो प्रभावकारी भएको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो । एक मन्त्रीले भने, ‘बैठकमा भएको छलफलका आधारमा उपप्रधानमन्त्रीसहित सचिवहरूको टिम बसेर प्रस्ताव तयार पार्छ । त्यसअनुसार मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ ।’

प्रधानमन्त्री ओलीकै निर्देशन अनुसार समितिले मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा उक्त कार्यदलले मोडालिटी तयार पार्ने र त्यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउने जानकारी गराउनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »