सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुस्लिम अगुवाकाे अपिल

नेपाल सरकार,मुस्लिम धर्मगुरू तथा मुस्लिम अगुवाहरूको लकडाउनबारे गरिएको अपिललाई देशभरका नेपाली मुस्लिम समुदायले अपनत्व गरि महानपर्व शबेबरात आ-आफनै घरमा उपासना प्रार्थना इबादत मनाएकाे थियाे ।

नेपालमा कोरोना भाइरस समाप्ती लागि र भाइरसबाट ग्रसित भएकाहरूको शिघ्रस्वस्थलाभको लागि प्रार्थाना गर्दै महानपर्व शबेबरात नेपाली मुस्लिम समुदाय मनाएकाछन् ।

तर रौतहटको परोहा नगरपालिकाको एक टोलका केहि व्यक्तिहरूद्वारा नेपाल सरकार तथा इस्लाम धर्मगुरू र अगुवाहरूकोबारे गरिएको अपिलको अवहेलना गरि मस्जिद भित्र नमाज पढेको र प्रहरी संग दुर्ब्यहारको समाचार आएको खबरल मुस्लिम समाजलाई अति नै दुखि बनाएकाे समाचार प्राप्त भएकाे छ ।

यसले गर्दा देशभरका संम्पुर्ण नेपाली मुस्लिम समुदायको सिर निहुरिएकोछ भन्दै मुस्लिम समुदायका मिर्जा अहमदले क्षमा पनि मागेका छन् ।
उहाँले नेपाल सरकारसंग त्यस खालका कार्यमा संलग्नहरूलाइ पक्राउ गरिएकाेमा कडा भन्दा कडा कार्यवाहीकाे माग पनि गरेका छन्

भर्खरै

सम्बन्धित खबर

Language »