सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मृगौला पिडित लाई समाजसेवी राजु श्रेष्ठ को सहयोग

सारा खबर डट् कम् को पहल मा सहयोग् को याचना सहित समाचार र भिडियो समेत प्रशारण भए पछि दुबै मृगौला फेल भएका नारायण गैरे लाई बचाउन सहयोग आउन थालेको छ ।

दुबै मृगौला फेल भएर उपचार को अभावमा छट्पटाई रहेका पाल्पा तानसेन ६ घर भ ई काठ्माण्डौ नेपालटार बस्ने नारायण प्रसाद गैरे लाई का म पा १६ म्हेपी निवासि ब्यबसायी तथा समाजसेवि राजु श्रेष्ठ ले आफ्नो पकेटखर्च कटाएर केहि खाद्यान्न सहयोग गरेका छन् ।


करिव ३ हप्ता अगाडि सम्म सामान्य अवस्था मा रहेका नारायण प्रसाद गैरे आफ्नो स्वास्थ्य अवस्थामा केहि असहज महसुस भए पछि अस्पताल मा चेक जाँच गराउन जाँदा दुबै मृगौला फेल भएको रिपोर्ट आए पछि अचम्मित भएका थिए ।


डाक्टर को सल्लाह अनुसार बिरामिलाई केहि समय भित्र नै मृगौला को प्रयारोपण गराउन सके अझै १५ – २० बर्ष बचाउन सकिने भने पनि रकम अवाभ मा तत्कालै आफु हरु यसो गर्न नसक्ने पिडित कि श्रीमति दुर्गा गैरे बताउछिन् ।


पाल्पा छँदा करार शिक्षक को रुप मा जागिरे गैरे सरकार ले अस्थाई शिक्षक लाई हटाएपछि बेरोजगार बनेका थिए । गोंगबु को गणेशस्थान को तरकारि बजारमा समान्य चिया पसल गरेर जीवन गुजारा गरिरहेको यो परिवार लाई यति बेला भने ठुलो बज्रपात आई परेको छ ।


दुई छोरि र श्रीमान , श्रीमति गरि ४ जनाको परिवार लाई जेन तेन धानिरहेका गैरे को जिवन मा यस्तो भए पछि ऐले गैरे को परिवार मा आर्थिक अभाव भै बिहान बेलुकाको छाक टार्न समेत धौ धौ भई रहेको छ ।


आफु बाँचेर ति दुई वटि छोरि को भविस्य बनाउने तथा सामाज को लागि अझै केहि गर्ने चाहना रहेको ले गैरे ले केहि सहयोग को याचना समेत गरेका छन्।
शसश्त्र प्रहरिवल का पुर्व वरिष्ठ उपरिक्षक शम्भु उप्रेति को पहल मा शुरु भएको नारायण गैरे बचाउ अभियान मा परोपकारि मन हरु बाट नारायण गैरेको श्रीमति दुर्गा गैरे को नाम मा सिदार्थ बैंक मा रहेको खाता नं ०१६१६२७६४३० मा हाल सम्म २ लाख नगद जम्मा भैइसकेको तथा सहयोग गर्न तथा श्रीमति दुर्गा गैरे को मोबाईल नं ९८४०५९९७७२ मा सम्पर्क गरि पिडित लाइ आफै भेट्न पनि सकिने यस अभियान का पहल कर्ता शम्भु उप्रेती बताउछन् ।


बालाजु का समाज सेवी च्याङ्बा तामाङ्ग को पहलमा खाद्यान्न सहयोग गर्न नेपालटार पुगेका राजु श्रेष्ठ ले आउँदा दिन हरुमा पनि आफुले सकेसम्म सहयोग गरि पिडित लाई बचाउन मद्धत गर्ने बताएका छन् । समाजसेवी श्रेष्ठ गत महिना सिन्धुपाल्चोक को पहिरो पिडितलाई राहत लिएर बाह्रबिसे पनि पुगेका थिए । समाज मा अग्रपंतिमा काम गर्ने ब्यक्ति जो कोहिलाइ पनि कोरोना पोजेटिभ भएको खबर सुन्ने बितिकै आयुर्बेदिक औषधि लिएर घरसम्म पुग्ने राजु श्रेष्ठ अन्तराष्ट्रीय स्तर मा नेपाल का उत्पादन हरु निर्यात गर्ने ब्यबसायि पनि हुन् ।

बिभिन्न ठाउँ बाट सहयोग प्राप्त हुन थालेपछि पिडित नारायण गैरे ले पहल कर्ता शम्भु उप्रेती तथा सारा खबर डट् कम् लाई धन्यावाद दिदै अब भने आफुलाई बाचिन्छ कि भन्ने आशा जागेको बताए । अझै पनि रकम अपुग भएको ले मनकारि मन हरुलाई सहयोग गरिदिन गैरेले फेरि पनि अपिल गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »