सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेक्सिकोमा गोली चल्यो: २४ जनाको निर्मम मृत्यु

मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ । गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् ।

यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तिब्र रुपमा बढेका छन् । मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् ।

यी समूहहरु घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् । पछिल्लो समयमा आपराधिक घटना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुन व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »