सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको जानकारी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । भोलि देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »