सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेडिसिटीमा अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे पुष्टि गरिसकेकाे छैन ।

ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।

मृतक ६४ वर्षीय पुरूष कलंकी ट्याङ्ला फाँटका हुन् ।

निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।उपचारका क्रममा उनीमा काेराेना संक्रमण पुष्टि भएकाे थियो ।

अहिले मृतकको शव अस्पतालमै छ । सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »