सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनताकाे हरेक समस्याकाे साथमा छु, जनताले छि भन्ने काम गरेकाे छैनः मिना कुमारी लामा

काठमाडौँ । हेटौँडा उपमहानगर पालिकाको उप मेयर मिना कुमारी लामाले मेयर कै पदमा बसेर जनताको सेवा गरीरहेको बताउनु भएको छ ।


सारा खबरको विशेष संवादमा हेटौँडा उप महानगरमा मेयर र उप मेयर बीच कुनै खालको तिक्तता नरहेको र को उप मेयर को मेयर महसुस नै नभएको उपमेयर लामाले बताएकी छिन् ।
निर्वाचित भएको तीन वर्षसम्म मेयरले उपमेयरको कुनै पनि अधिकार माथि हस्तक्षेप नगरेको बताएकी छिन् ।


उहाँ भन्नु हुन्छ “अरु नगरपालिका वा स्थानीय तहमा के भएको छ त्यो मलाई थाहा छैन तर मेरो नगर पालिकामा म आफै मेयर भएर काम गरेको अनुभुती भइरहेको छ । उहाँको काम भनेको योजनामा सही गर्ने र योजना ठिक छ या छैन बुझ्ने मात्र हो । तर मैले पनि उहाँलाई सम्मान गर्नु पर्छ र सम्मान गरिरहेको छु । सायद त्यसैले होला । काममा विवेद नभएको ।


यसैगरी लकडाउनको समयमा उहाँले करिब पाँचसय जना गर्भवती र सुत्केरी महिलाका लागि पौष्टिक आहार उपलब्ध गरेको बताएकी छिन् भने तीन हजार भन्दा धेरैलाई राहतको व्यवस्थापन गरेको बताउनु भयो ।
न्यायीक समितीको प्रमुख भएर काम गर्दाको अनुभव कहिले भुल्न नसक्ने अनुभव सुनाउनु भयो । उहाँको अनुभव यस्तो छ । “अदालतमा बषौ मिलाउन नसकेको मुद्वा न्यायिक समितीबाट मिलाउन पाउँदा धेरै खुशी लागेको छ । दाजु र बहिनी बीचमा अंश मुद्वा नमिलेर अदालमा पुगेको रहेछ । त्यो मुद्वा मेरो नै न्यायिक समितीको अदालतबाट मिलाइ दियो । अहिले उहाँहरुको सम्बन्ध राम्रो छ । यो पनि त सेवा नै हो नि ।”
विदेशबाट फर्केका युवाहरुका लागि सिप मुलक कार्यक्रममा सहभागी गराएर आउँदो संभाविद संकटबाट हेटौँडाबासीलाई मुक्त गर्न अहिले देखि नै योजना बनाएर कार्यन्वयनमा लगेको बताउनु भयो ।
कोरोना संक्रमित ३ जना भेटिएता पनि हेटौँडा कोरोनाबाट मुक्त शहरको रुपमा चिनाउन विशेष योजना लागु गरेर काम गरिरहेको बताउनु भएको छ ।


हेटौँडा उपमहानगर पालिकालाई फूलै फूलको शहरको रुपमा चिनाउन हरेक सडकको छेउछाउमा फूलहरु फूल्न थालिसकेको पनि जानकारी दिनुभयो ।

बाँकी भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »