सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेयर डा धवल शम्शेर राणाद्वारा उपशाखा भवनको शिलान्यास

नेपालगंज, नेपाल रेडक्रस सोसाइटी गंनापुर, कचनापुर र पिप्रहवा उपशाखाको १५ औ बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

सभाका अवसरमा नेपालगंज उपमहानगरपलिकाका मेयर डा धवल शम्शेर राणाले नेरेसो गनापुर उपशाखाको भवन निर्माणको शिलान्यास गर्नु भएको छ ।

नेपालगंज उपमहानगरपालिका २० नं। वडा मनिकापुर जानेबाटोमा उक्त भवनको शिलान्यास भएको हो ।

मेयर राणाले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सोही क्रममा रेडक्रस प्रेमी एवं समाजसेवी ललित कुमार रौनियर र अमित बस्नेतले क्रमश ५÷५ हजार भवन निर्माणका लागि सहयोग गर्नु भएको कुरा नेरेसो गनापुर उपशाखाका सचिव जगदीश प्रसाद हरिजनले जानकारी दिनु भएको छ ।

नेरेसो कचनापुर उपशाखाको सभामा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनकुमारी खत्रीले रेडक्रसको मानवीय कार्यको प्रशंसा गर्दै उपशाखासंग सहकार्य र सहयोगको प्रतिवद्धता जनाउनु भयो ।

नेरेसो कचनापुर उपशाखाका सभापति नरेन्द्रकुमार पौडेल, गनापुर उपशाखा सभापति माया गुरुङ्ग र पिप्रहवा उपशाखाका सभापति गुलाब सिंह ठाकुरको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, सदस्य राजकुमार वर्मा, सदस्य सनतकुमार रेग्मी र ने।ग।उ।म।न।पा–२० का वडा अध्यक्ष कृष्णा कार्की लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त सभाहरुमा सचिवले बार्षिक प्रगति प्रतिवेदन, प्रस्तावित कार्यक्रम र कोषाध्यक्षले बार्षिक आर्थिक प्रतिवेदन, लेखा परीक्षण र प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत प्रतिवेदन माथि बन्दसत्रमा छलफल भई सभासद्हरुले स्वीकृत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »