सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेयर शाक्यबाट बीरेन्द्र अस्पतालमा हेमोडाईलासिस सेवाको शुभारम्भ

पत्रकार चन्द्रमणि भट्टराइकाे सहयाेगमा

काठमाडौं । महानगर र नेपाली सेनाको सहकार्यमा आजबाट बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गर्नुभएको हो । यस क्रममा मेयर शाक्यले डाइलोसिस गराइरहनुभएकी महर्जनसँग उहाँको स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुष २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ ।

सेवा शुरु भएपछि महानगरले अबलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाका बिषयमा कुरा गर्दै प्रमुख शाक्यले आफू उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताउनुभयो । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर हामीले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेका छौं । मेयर शाक्यले थप्दै भन्नुभयो —सहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौं । अस्पतालमा गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् यसका लागि हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौं, मेयर शाक्यको भनाइ थियो ।

सेवा शुभारम्भ अवसरमा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल, सहरी योजना आयोगका सदस्यहरु गुजेश्वरी श्रेष्ठ र सजीब शाक्य, जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य, सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, अस्पतालका निमित्त कमाण्डान्ट नागेन्द्रबहादुर केसी, बीरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ।पि।डि। सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीहरुलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ । थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

महानगरले सहरी स्वास्थ्य क्षेत्रको प्रबर्धनका लागि अनय स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट््याउनको प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यस अघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता हुने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »