सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्चिको बाढिबाट अरबैको क्षति, हजारौंको बिचल्ली: आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक

सिन्धुपाल्चोक हिजो देखि परेको अविरल बर्षाका कारण हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गयो पहिरोले मेलम्चि खोला अबरुद्ध भयो । केहि समयपछि थुनिएको बाढि सिधै बजार बढार्न लाग्यो । यो क्रम पटक पटक दोहोरिदा मेलम्चि चौतारा जोड्ने पुल खोलाले बगाएको छ । भर्खरै प्राप्त समाचार अनुसार

मेलम्चि दुवाचौर जाने पक्कि पुल समेत वाढिले बगाएको छ । मेलम्चि  बजारमा रहेको आमा ह्ल्मो बसपार्क र आसपासको क्षेत्र समेत बाढिको बगाएको छ ।  थप जानकारि आउने क्रम जारि रहेको छ । सिपाघाट बजार शुरक्षित रहेको छ ।

अविरल वर्षापछि आएको बाढी र पहिरोमा बेपत्ता भएका सात जनाको शव शव आज फेला परेको डीएसपी प्रकाश सापकोटाले  जानकारी दिए। शवको पहिचान भने भएको छैन। 

बाढीमा दर्जनौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ। डीएसपी सापकोटाको टोली घटनास्थलमा पुगेको छ।

मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीका कारण चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची, बाहुनेपाटी, सिपाघाटसम्मका तटवर्ती क्षेत्रका बस्ती बगाएको छ। मेलम्ची–चौतारा सडकको पक्की पुल बगेको छ भने मेलम्ची बजार क्षेत्रका सबै संरचना बगाएको छ। 


सिन्धुपाल्चोकलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएपछि उद्धारलगायतका विषयमा आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिन्धुपाल्चोक जिल्लामा गएको बाढी पहिरोको विषयमा छलफल भइरहेको हो। 

जोखिममा परेका मानिसको उद्धार, हराइरहेका र बेपत्ताको खोजी कार्यलाई तिव्रता दिने लगायत थप क्षति हुन नदिन आवश्यक तयारी गर्न बैठक बसिरहेको हो। 

बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गृह मन्त्रालयका प्रवक्ता जनकराज  दाहाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृतलगायत सहभागी छन्।

भर्खरै

सम्बन्धित खबर

Language »