सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्चि,चनौटे को रातोपुल जोगाउन सिन्धुपाल्चोक-काठमाडौं संपर्क समन्वय समिति द्वारा ग्राबिङ जालि ब्यबस्थापन

सिन्धुपल्चोक। गत असार १ गते गएको ईन्द्रावती खोलाको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्चि तथा हेलम्बु क्षेत्रलाई तहस नहस बनाएपछि ,त्यस क्षेत्रमा राहत सामाग्री लैजाने होडाबाजिनै चल्यो । राहतमाराजनैतिककरण भएको भन्दै गुनासो बढेपछि जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक तथा त्यसक्षेत्रको स्थानिय  सरकारले राहतमा एक द्वार निति मा कडाई गर्न थाल्यो ।

अधिकांश राहत  लैजाने संघ संस्था, ब्यक्ती,अभियन्ता हरुले राहतमा खाध्यन्न र त्रीपाल मात्र लगेको तथा तल्लो सुगम क्षेत्रमा मात्र बितरण गरेको गुनासो आएपछि केहि संघ संथाले हेलिकप्टर चार्टर गरेर माथिल्लो बेल्टमा राहत सामाग्री पठाउन थाले ।

त्यसो गर्दा पनि सामाग्रीको मुल्य भन्दा हेलिकप्टरको भाडामा बढि रकम खर्च भएको भन्दै बिरोध हुन थाल्यो ।

अस्त ब्यस्त भएको मेलम्चि बजार भन्दा माथि जानको लागि कसैलेपनि तत्कालै पहलकदमि लिन सकेनन्।

बाग्मती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री तथा नेकपा माओवादी केन्द्र  सिन्धुपाल्चोक  का युवानेता युवराज दुलाल (शरद)को पहलकदमि ,स्थानिय सरकार र स्थानिय प्रशासनको सकृयतामा मेलम्चि देखि हेलम्बु सम्मको ट्र्याक खोल्ने काम भएपछि राहत लिएर गाडीहरु हेलम्बु तर्फ जान सक्ने भएको छ ।

त्यस क्षेत्र मा खोलाले निरन्तर कटान गरीरहेको र नियन्त्रण गर्नकोलागी संबन्धित निकायबाट उचित पहलकदमि लिने काम नभएपछि  नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री दुलालको सकृयतामा चनौटे रातोपुल संरक्षण गर्न एक अभियान नै चलेको छ ।

अभियान लाई साथ दिन सिन्धुपाल्चोक बाट काठमाडौ आई बिभिन्न पेशा ब्यबसाय गरी बस्ने नेकपा माओबादी केन्द्र का नेता कार्यकर्ता हरुको संगठन सिन्धुपाल्चोक- काठमाडौं संपर्क समन्वय समितिले २०० थान ग्राबिङ जालि पुर्व मन्त्री दुलाल को उपस्थितिमा हेलम्बु गाउँपालिका वडा नं २ का वडा अध्यक्ष लाई हस्तान्तरण गरेको छ ।

सिन्धुपाल्चोक-काठमाडौं संपर्क समन्वय समितिका इन्चार्ज टोपनाथ सापकोटा , अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,सिन्धुपाल्चोक क्षेत्र नं १ इन्चार्ज  बयान बहादुर कार्की ,क्षेत्र नं २ इन्चार्ज महेन्द्र घोरासैनी ,नेपाल राष्ट्रीय कर्मचारी संगठन (निजामति) का केन्द्रीय उपाध्यक्ष तथा बाग्मती प्रदेश इन्चार्ज शेर बहादुर कार्की,संपर्क समन्वय समिति सचिवालय सदस्य तोक बहादुर गधराज (तोकेन्द्र ) सदस्यहरु महेश श्रेष्ठ ,एम बि थापा ,मनिष श्रेष्ठ ,लक्ष्मण श्रेष्ठ ,रामकुमार गिरी ,जयराम लगायत को उपस्थितिमा सो जालि हेलम्बु गाउँपालिका वडा नं २ का वडा अध्यक्ष लाई हस्तान्तरण गरीएको थियो ।

सो जालि हस्तान्तरण गर्दै पुर्व मन्त्री दुलालले त्यसक्षेत्र मा आफु निरन्तर लागीरहेकोले वास्तबिक समस्या पहिचान गरी हलगर्ने उपाय खोज्नु आफ्नो दायीत्व भएको बताउनु भयो । त्यहि कार्यको निरन्तरताको लागि त्यस स्थान मा स्वयंसेवा अभियान संचालन गरी नागरिकको हर दुख सुखमा साथदिने योजनाको साथ कार्ययोजना बनाई आजैबाट लागुगर्न लागिएको उहाँले बताउनु भएको छ ।

नागरिकलाई परेको पिडा र बेदनालाई केहि हद सम्म मल्हम लगाउन यो ग्राबिङ जालि ल्याएको बताउँदै देश, नागरिक र पार्टीलाई केन्द्र बिन्दुमा राखि कार्यगर्न सदैवतयार रहेको सिन्धुपाल्चोक -काठमाडौं संपर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठले बताउनु भयो ।

अफ्ठ्यारो परेको अवस्थामा मानविय समबेदनालाई आत्मसाथ गर्दै कार्यगर्नु आजको आवस्यकता रहेको अध्यक्ष श्रेष्ठ को भनाई छ ।

मेलम्चि बाढिपिडीत हरुको लागि अब दाल ,चामल नभई भबिस्य दिनु पर्ने आवस्यकता परेकोले यो स्वयंसेवा अभियान मार्फत केहि गर्न खोजिएकोले त्यस क्षेत्रमा राहत लाने महानुभावहरुलाई एकपल्ट स्थानिय सरकार संग समन्वय गरेर मात्र आउन मन्त्री दुलालले आग्रह गर्नु भएको छ ।

त्यहाँको आवस्यकता भबिस्यमा हुन सक्ने क्षतीलाई न्युनिकरण गर्ने कदम चाल्नु भएकोले स्वयंसेवा गर्ने हात हरु र यस्तै निर्माण सामाग्री हरु चाहिएको अध्यक्ष श्रेष्ठ ले बताउनु भयो ।

काठमाडौ बाट २ गाडी ग्राबिङ जालि सहित पुगेको टोलिले मेलम्चि क्षेत्र को समेत स्थलगत भ्रमण गरी भबिस्य मा हुन सक्ने क्षती न्युनिकरण गर्ने निति बनाई लागुगर्न संबन्धित पक्षसंग माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »