सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची घट्ना छानबिनकाे लागि पिनकाे तीन बुँदे माग

काठमाडौ । एक जना इञ्जिनियरको ज्यान जाने गरी मेलम्ची सुरुङ परिक्षणका क्रममा भएको दुर्घटनाको छानबिन गर्न माग गर्दै प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) प्रदेश २ कमिटीले खानेपानीमन्त्री बिना मगर समक्ष ज्ञापन पत्र बुझाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन विशेषज्ञहरुको छानबिन टोली गठन गरी लापरवाही गर्ने जो कोहीलाई पनि यथाशीघ्र कारवाही अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाईएको हो ।

पिन प्रदेश २ का अध्यक्ष सागर कुमार चौधरी र इन्चार्ज राम एकबाल यादवद्वार हस्ताक्षतिर ज्ञापन पत्रमा सुरुङ परिक्षण तथा सञ्चालनका क्रममा कुनै प्रकारका गडबडी हुँदा कार्यरत प्राविधिक वा कर्मचारी मात्र नभई स्थानीयबासी समेत जोखिममा रहेको बताईएको छ ।

२०७७ असार ३० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा इन्जिनियर सतिश गोइतको ज्यान गएको थियो । बेपत्ता सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन भने घाईते साइट इञ्जिनियर शेखर खनाल तथा सर्वेक्षण सहयोगी पेम्बा दोर्जे लामा भने उपचाररत हुनुहुन्छ ।

पिनको ३ बुँदे माग

१. सुरुङ परीक्षणका क्रममा दुर्घटनामा परी दिवंगत भएका धनुषा जिल्ला कमला नगरपालिका वडा नं. ५ का इन्जिनियर सतिश गोइतको परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गरियोस् । साथै इन्जिनियर गोइतको स्मृति स्थल निर्माण गर्न पहल गरियोस् ।

२. सुरुङ परिक्षणका क्रममा भएको दुर्घटनाको कारण पत्ता लगाउन विशेषज्ञहरुको छानबिन टोली गठन गरी लापरवाही गर्ने जो कोहीलाई पनि यथाशीघ्र कारवाही अगाडि बढाईयोस् ।

३.यस प्रकारको घटना दोहोरिन नदिनका लागि परियोजनाका कम्पोनेन्टहरुको गुणस्तरियता जाँच गरी गुणस्तर सुनिश्चित भए मात्र परिक्षण लगायतका कामहरु अघि बढाईयोस् । साथै परियोजना निर्माण तथा परिक्षणका क्रममा सुरक्षा उपायहरु पूर्ण रुप्मा अबलम्बन भएको सुनिश्चित गरी मात्र प्राविधिक तथा कर्मचारीलाई काम काजमा खटाईयोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »