सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची घट्ना प्रति पुर्व कानुन मन्त्री तामाङकाे ध्यानाकर्षण

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेर आएको बाढीले दुई जाना बेपता भएकाे छ भने घाइते दुईको हेलिकप्टरबाट उद्धार गरिएको छ । याे घटनालाई लिएर पुर्व कानुन मन्त्र शेर बहादुर तामाङले विज्ञप्ती प्रकाशन गरी दुःख प्रकट गर्नु भएकाे छ ।

उहाँले विज्ञप्तीमा उल्लेख गरे अनुसार वषौं पुरानो संरचना भएको कारणले पुनः अवलोकन नगरी परिक्षण गर्नु नै कमजोर पक्ष भएको बताएको छ ।

परिक्षणकाे क्रममा हेलम्बु गाउँपालिकाको वडा १ अम्बाथानस्थित मुहानको मुख्य गेटबाट फुटेर आएको बाढीले घाइते भएका साइट इन्जिनियर शेखर खनालसहित सब हेल्पर पेम्बा लामालाई थप उपचारको लागि काठमाडौं लगिएको हो । दुवैलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिने स्वास्थ्यकर्मीले बताएका छन् ।

मंगलबार दिउँसो १२ बजेर ३० मिनेटमा (गेट नम्बर १७ ) मुख्य अडिटको भित्री भाग एकैपटक फुटेर ड्याम गरेको ठूलो आवाजसँगै सुरुङबाट बाढी नै आएको थियो । प्रत्यक्षदर्शीका अनुसार बाढीको लहरले अडिटभित्रको रातो र्स्कापियोसँगै दुई जना एकैसाथ बगाएको प्रस्ट देखिएको थियो । ती भने अझै भेटिएका छैनन् । बेपत्ता हुने आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीर्य राधाकृष्ण थापामगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत रहेको प्रहरीले जनाएको छ ।

बाढीको धक्का बहावले घाइते भएका इन्जिनियर खनालसहित हेल्पर लामालाई मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा लगेर प्रारम्भीक उपचार गरिएको थियो । ‘टाउको, घुँडा र हातमा गहिरो चोट लागेको छ, थप उपचारको लागि काठमाडौंको अस्पताल रिफर गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल मर्हजनले भने । ड्याम फुटेर आएको बाढीले बगाएर बेपत्ता बनाएकोमध्ये एकजनालाई बग्दाबग्दै स्थानीयले देखेको बताएपछि सुरक्षाकर्मीको टिम तीव्र खोजीमा लागेका छन् ।

यसअघि सुरुङबाट काठमाडौंको सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो चेनेज’ देखि ८ सय मिटरसम्म पानी पठाएर परीक्षण सफल गरिएको थियो । त्यहाँको मुख्य सुरुङको ८ सय मिटरपरको गेट वा गेट नम्बर १७ ले पानी थिग्राउने काम गर्छ । त्यसपछि मात्रै पानी शुद्धिकरण गरेर सुन्दरीजलको अडिमा निकालिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »