सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची घट्ना प्रति पूर्व कानुन मन्त्री तामाङद्वारा दुःख व्यक्त,

काठमाडाैँ। मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका छन् । पूर्व कानुन मन्त्री तथा संघीय सांसद शेरबहादुर तामाङले अत्यन्त दुखद खबर भनेर सामाजिक संजाल मार्फत दुःख व्यक्त गर्नु भएकाे छ ।
बेपत्त भएकाहरू कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ ।

बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »