सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ ।

कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे पहिरोले पुरिँदा ८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।

पहिरोमा पुरिएर वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामाको मृत्यु भएको छ । त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्युा भएको छ ।

घाइते बारु साहलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »