सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओ आजबाट विक्री खुल्ला

काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । आईीपओमा पर्ने आवेदकको संख्यालाई हेर्दा यो कम्पनीको आईपिओमा पनि १० कित्ता नै आवेदन गर्नु उपयुक्त हुन्छ भने आईपिओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिन्छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो । अहिले बाँकी २० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७४ असोज २० गते आईपीओ जारी गर्नको लागि निवेदन दिएको थियो । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते अनुमति प्रदान गरेको हो ।

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »