सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मैले जे गरेँ बार्सिलोनाका लागि गरेँ : मेस्सी

एजेन्सी । अफगानिस्तानका लेग स्पिनर रसिद खानले आफ्नो आइपिएल करियरकै उत्कृष्ट बलिङ गरेका छन् । मंगलबार राति भएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा रसिदले यो सफलता पाएका हुन्।

१६३ रनको लक्ष्य पछ्याएको दिल्लीलाई रोक्दै हैदरावादलाई जित दिलाउने क्रममा रसिदले महत्वपूर्ण योगदान पुर्‍याए।

४ ओभर बलिङ गरेका उनले ३ विकेट दिएर जम्मा १४ रन दिए । यसअघि उनले अन्य तीन खेलमा प्राप्त गरेको समान नतिजा उत्कृष्ट बलिङको रुपमा रहँदै आएको थियो ।

२०१७ बाट आइपिएल खेल्न सुरु गरेका रसिदले सोही सिजनमा गुजरात लाइन्सविरुद्ध ४ ओभरमा जम्मा १९ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यसपछि २०१८ को आएपिएलमा रसिदले दुई खेलमा सोही उपलब्धी हात पारेका थिए । किंग्स ११ पञ्जाव र कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा पनि १९ रन मात्रै दिएर ३ विकेट लिएका थिए।

आइपिएलका ४९ खेलमा बलिङ गर्दा रसिदले ५९ विकेट लिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »