सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक

काठमाडौँ, २९ असार । गीतकार विरेन्द्र ढकालको लय तथा शव्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा ढकालको लय तथा शब्द, गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत आज विरेन्द्र ढकाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा टिकटकबाट ख्याती कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय रहेको छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्न रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ ।

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफु मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुशी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »