सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोटरसाइकल चोरी गरेको अभियोगमा १४ जनालाई सार्वजनिक

दाङ। प्रहरीले दाङमा मोटरसाइकल चोरी गरेको अभियोगमा १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी चोरी भएका १० मोटरसाइकलसहित १४ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ का २३ वर्षीय समिर सुनार, २१ वर्षीय सुवास कार्की, ३५ वर्षीय केन्द्रबहादुर डाँगी, घोराही १६ का २१ वर्षीय सागर हमाल, घोराही १७ का २३ वर्षीय निरज योगी र घोराही १३ का १८ वर्षीय सञ्‍जय परियार छन् ।

यस्तै, लमही नगरपालिका-७ का २५ वर्षीय प्रकाश चौधरी, २४ वर्षीय धनिराम चौधरी, २५ वर्षीय पाल्टुराम चौधरी र २७ वर्षीय हेमन्त गिरी पनि पक्राउ परेका छन् । राजपुर गाउँपालिका २ का १९ वर्षीय आयोज चौधरी, २२ वर्षीय प्रियतम चौधरी, २७ वर्षीय रविप्रताप यादव र २७ वर्षीय राजकुमार यादव पनि मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्‍न मोडेल र कम्पनीका १० वटा मोटरसाइकलहरु चोरी गरेको र त्यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »