सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोडल निरञ्जली लामा र शुस्मालाई विवाह गर्ने सपना देख्ने युवाहरु को हुन् त ?

काठमाडौँ । गायक तथा संगीतकार, शब्द रचनाकार बिशाल काल्तन र गायीक जीतु लोप्चनको स्वरमा रहेको “डम्फू त बज्यो ताकधुइ, ताकधुइ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक ईश्वर लामा र प्रेम गोलेको अभिनय रहेको यो म्यूजिक भिडियोमा तामाङ समुदायको संस्कृति र रहन सहनको बारेमा देख्न हेर्न पाइन्छ ।

प्रेममा ढुबेको युवाको कथामा आधारित यो म्यूजिक भिडियोमा परम्परागत तामाङ सस्कृतिलाई जोडेर आङीको छोरीलाई जिस्काएर भगाउने योजनामा सपना देखेका हुन्छन् नायक तथा मोडल ईश्वर लामा र प्रेम गोले तर मोडल निरञ्जनी लामा र शुस्म मोक्ताले भने मनमनै माया बसिसकेको छ तापनि लिन आउने आँट नगरेको भन्दै जिस्काउछन् ।

हुन त सोनाम ल्होछारको यो अवसरमा अल्लारे केटाकेटी मायाको खोजिमा सपना बुनि रहेका हुन्छन् सायद ति नव प्रेमी युगल जोडीका लागि यो म्यूजिक भिडियो ओखती हुने छन् । बिशाल काल्तनले रचेका कुनै पनि गीतले एक न एक नयाँ सन्देश दिन खोजेका हुन्छन् । यो गीतले पनि युवाहरुको प्रेममा भएको भित्रि सन्देश गीतको माध्यमबाट दिन खोजेको छ ।

२८५७ औं लाङ ल्हो सोनाम ल्होछारको अवसरमा निर्माण पक्षले यो गीतलाई सार्वजनिक गरेहेको हो । गीतको म्यूजिक एरेन्ज दिपेश प्रधानले गरेका हुन् ।

भिडियो तर्फ कृष्ण ब्लोनको निर्देशनमा प्रेम गोले र इश्वर लामाले अभिनय गरेका छन् । जहाँ मोडल नायिका निरान्जली लामा र सुस्मा मोक्तानको अभिनय देख्न सकिन्छ । भिडियो सेलो सरगम युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »